ब्युटी न्युज नेपाल
काठमाडौँ, १४ साउन
लोक तथा दोहोरी गायिका देवी हमालले नारीहरुको महान पर्व तीजको अवसर पारेर आफ्नो स्वरमा नयां तीज गीत “किन आउँछ पापी तीज…“ भिडियो सार्वजनिक गरेकी छिन् ।
गायिका स्वयमकै शब्द संगीत रहेको यो गीतमा उनलाई मिना रिसालले स्वरमा साथ दिएकी छिन् । दुई दशक भन्दा बढी निरन्तर सांगितिक यात्रामा समर्पित गायिका देवी हमाल पछिल्लो समय पनि सांगितिक क्षेत्रमा एकदमै सक्रिय छिन् ।
तार्केश्वरको हाम्रो सुटिङ लगायत काठमाडौको रमणीय स्थानमा छांयाकन गरिएको भिडियो देवी हमाल अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।
लक्ष्मण अधिकारीको प्रस्तुति रहेको भिडियोलाई गायक तथा सञ्चारकर्मी सुमन कुमार श्रेष्ठले निर्देशन गरेका हुन । भिडियोमा मोडेल सञ्चिता शाही ठकुरीको अभिनय छ ।
भिडियोमा मनोज विश्वकर्मा, चक्र बहादुर हमाल ठकुरी, तारादेवी ठकुरी, लक्ष्मी के सि लगायात रानु खाड र चेतनशील महिला बिकास समुहको अभिनय र नृत्य रहेको छ ।
यो गीतको भिडियोको सिनेम्याटोग्राफी डिओपी केशब अधिकारी खत्री, सहायक क्यामेराम्यान जयन्द्र कुंवर, सम्पादन प्रेम शर्मा पौडेल, मेकअप सुमन धरानेको रहेको छ ।