सन्जु र पुस्कलको ‘नीलो आकाशैमा बादलु’


ब्युटी न्युज नेपाल
काठमाडौँ, ११ साउन

गायक पुस्कल शर्मा र गायिका सन्जु न्यौपानेको स्वरमा नयाँ गीत ‘नीलो आकाशैमा बादलु…’को भिडियो सार्वजनिक गरिएको छ । गीतमा रमेश परियारको शब्द र संगीत रहेको छ । आशिष अबिरलको संगीत संयोजन रहेको यस गीत राग स्टुडियोमा रेकर्डिङ गरिएको हो । यसको मिक्सिङ आकाश नेपालीले गरेका छन् ।

‘नीलो आकाशैमा बादलु’ गीतको म्यूजिक भिडियोमा सन्जु न्यौपाने आफैं अभिनय गरेकी छन् । भिडियोमा सन्जु र लोमश शर्माको जोडी रहेको छ भने आशा भुसाल र सन्तोष पाण्डेको जोडी रहेको छ ।

‘नीलो आकाशैमा बादलु’ भिडियोलाई निरेन श्रेष्ठले निर्देशन गरेका हुन् । गीतको भिडियोमा नितिन वाइबाको कोरियोग्राफी रहेको छ । ‘नीलो आकाशैमा बादलु’ गीतको भिडियो सन्जु न्यौपानेको अफिसयल यूट्युब च्यानलबाट सार्वजनिक गरिएको छ । जसमा क्रबहादुर बरालको छायाँकन एवं विष्णु खड्काको सम्पादन रहेको छ ।