ब्युटी न्युज नेपाल
काठमाडौं, १० साउन
नेपाली चलचित्र ‘गुन्यु चोलो ः द ड्रेस’को ‘म फूल हुँ कि काँडा’ गीत यसै साता रिलिज भएको थियो । गीतलाई दर्शकले गज्जवसँग मन पराएका छन् । दर्शकको सकारात्मक प्रतिक्रियाले निर्माण पक्ष पनि अहिले खुसी छ । पछिल्लो समय सानो सानो कुरामा खोट लगाउने र गाली गर्ने खराब प्रवृत्तिको विकास भइरहेको छ, तर यो गीतले भने ‘गुन्यु चोलो ः द ड्रेस’को गीतले राम्रो प्रतिक्रिया पाइरहेको छ ।
सतप्रतिशत सकारात्मक प्रतिक्रिया पाएको छ । गीत भन्दा धेरै यो गीतको भिडियोमा नृत्य गर्ने अभिनेता नाजिर हुसेनको प्रशंसा भइरहेको छ ।
गीत र नाजिरको भिन्न क्यारेक्टरमा अभिनय मन परेपछि दर्शकले चलचित्रलाई सफलताको शुभकामना दिइरहेका छन् । उनको अभिनय कला र क्षमताको चौतर्फी प्रशंसा भइरहेको छ । उनलाई काम देखाउने फिल्म आवश्यक रहेको प्रतिक्रिया युट्युबमा आइरहेको छ । नाजिरलाई उनको क्षमता सबैसामु पहिचान हुनेगरी पूर्ण बहादुरको सारङ्गीजस्तै एउटा चलचित्र आवश्यक रहेको धेरैले प्रतिक्रिया दिइरहेका छन् ।
नाजिरले यसमा तेस्रोलिंगी महिलाको भूमिका निर्वाह गरेका छन् । तर, उनी नाजिर भएको फिल नै नहुने बताएका छन् । के तिमी साँच्चै नाजिर नै हौ भनेर प्रश्न पनि उनलाई गीतमा उनको पहिरन हेरेर गरेका छन् । वाउ ह्वाट अ पफर्मेन्स भन्ने प्रतिक्रिया उनले पाइरहेका छन् ।
‘गुन्यु चोलो : द ड्रेस’ भदौ १३ गते रिलिज हुँदैछ । समुन्द्र भट्टको निर्देशन रहेको चलचित्र ‘गुन्यु चोलो : द ड्रेस’ लैंगिक अल्पसंख्यक पारालैंगिक पात्रको कथामा बनेको छ ।
‘गुन्यु चोलो : द ड्रेस’मा नाजिर हुसेनको मुख्य भूमिका छ । उनले पारालैंगिक महिला (ट्रान्सवुमन)को भूमिका निर्वाह गरेका छन् ।
नाजिरका साथ सञ्चिता लुइँटेल, सुशील सिटौला, राजकुमार घोष, शिशिर राणा, अनुपम श्रेष्ठ र विशाल पहारीले पनि महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।
नेपालको पहिलो पूर्णरूपको ट्रान्स स्टोरीमा निर्मित यो चलचित्रको अन्तर्राष्ट्रिय वितरण अधिकार अमेरिकाको बफेलो एट्लेले किनेको छ ।चलचित्रको सम्पूर्ण पोस्ट प्रोडक्सनको काम बाहिर गरिएको छ । चलचित्रको एडिट, कलर, मिक्सिङ, साउन्ड डिजाइनदेखि ब्याकग्राउन्ड म्युजिकसम्मको काम हलिउड शैलीमा बाहिरै गरिएको छ ।
चलचित्रमा हलिउडकी कलाकार लिजा जेरार्डले स्वर दिएकी छिन् भने ब्याकग्राउन्ड म्युजिकको सम्पूर्ण काम मार्सेलो दी फ्रान्सिसीले गरेका छन् । हलिउड चलचित्र ‘ग्ल्याडिएटर– २’ मा लिजाले स्वर दिएकी थिइन् ।
यो चलचित्र नेपाली फिल्म प्रोडक्सन हाउस र हलिउड फिल्म प्रोड्क्सन हाउसको संयुक्त कोल्याबोरेसनमा बनेको हो । चलचित्रमा आकाश बुढाथोकी र भि–भन्से जानुबोनको लगानी छ । चलचित्रको कार्यकारी निर्माता जेफ्री जे वेन र स्टिभ जोन्स्टन हुन् भने अनुपम श्रेष्ठ चलचित्रका सहयोगी निर्माता हुन् ।