चोली ढाकाको गीत लिएर आईन रानु निरौला


ब्युटी न्युज नेपाल
काठमाडौँ, ३ साउन

गायिका रानु निरौलाले आफ्नो स्वरमा लोक दोहोरी गीत चोली ढाकाको…दर्शकमाझ ल्याएकी छिन् ।पूर्वेली गीत गायनमा आफ्नो फरक परिचय बनाएकी गायिका रानुको चोली ढाकाको गीत कर्णप्रिय बनेको छ । यो गीतको भिडियोलाई मेला डिजिटलको युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ ।

यो गीतलाई सहदेब कालीकोटेले लेखेका हुन् । जसमा महेश मुखिया सुनुवारको संगीत रहेको छ । पूर्वेली लोक लयमा आधारित यो गीतमा रानु निरौलासँगै महेश मुखिया सुनुवारको स्वर रहेको छ । गीतलाई आदेश आदेश गुर्मछानले संगीत संयोजन गरेका हुन् । सुवास कुथुमी राईको रेकर्डिस्ट, मिक्सिङ र मास्टरिङ रहेको यो गीतलाई मेला रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो ।

यो गीतको भिडियोमा विजय पुन र रमाला लिम्बुको शीर्ष मोडलिङ रहेको छ । म्युजिक भिडियोलाई गीत जस्तै नृत्य प्रधान बनाइएको छ ।  यो गीतको भिडियोमा महेश महराको छायांकन, साइमन राजवंशीको कोरियोग्राफर, समीर राईको भिडियो निर्माण व्यवस्थापन, अर्जुन खड्काको सम्पादन तथा रंग संयोजन रहेको छ । सूर्य ओलीले निर्माण नियन्त्रण गरेको यो गीतको भिडियोलाई जीवन शाहीले निर्देशन गरेका हुन् ।