ब्युटी न्युज नेपाल
काठमाडौं, २ साउन
काठमाडौँमा बिहीबार आयोजीत एक समारोहमा चलचित्र ‘जदौ’को निर्माण घोषणा गरियो । यो चलचित्रका कलाकारहरु मुकुन भुसाल, नीति शाह, प्रभातपाल ठकुरी, विनोद न्यौपाने, सन्ध्या श्रेष्ठ, अनिल सुब्बाले प्रिति कौर लिखित गीत वाचन गर्दै चलचित्रको निर्माणको घोषणा गरे । कार्यक्रममा चलचित्र बिकास बोर्डका अध्यक्ष दिनेश डिसीले महाकवि लक्ष्मीप्रसाद देवकोटाको बहुचर्चित कविता–मानिस ठूलो दिलले हुन्छ जातले हुदैन..वाचन गर्दै ‘जदौ’ को टाइटल अनावरण गरे ।
अन्तरजातीय प्रेमसम्बन्धको कथामा निर्माण हुने ‘जदौ’ को निर्देशन काजी लिम्बू र अञ्जन शर्माको संयुक्त रुपमा नर्गे जानकारी कार्यक्रममा गराईइो । भदौ पहिलो साताबाट सुटिङ थालीने फिल्म सिल्भर स्क्रिन इन्टरटेन्मेन्ट र समिश्रण मुभिज एण्ड इन्टरटेन्मेन्टको संयुक्त निर्माणमा रहेको छ । कार्यक्रममा सिल्भर स्क्रिनकी प्रबन्ध निर्देशक बिमला भण्डारीले ‘जदौ’ नेपाली समाजमा अहिले पनि ब्यप्त जातीय बिभेदका बिबिध घटनाहरुबाट प्रेरित रहेको बताउँदै यसप्रकारका भेदभाव निर्मूल गर्नका लागि फिल्मले आवाज बुलन्द गर्ने दावी गरिन् ।
निर्देशक द्वय मध्येका अञ्जन शर्माले समाजका यथार्थ घटना,जनजीवनलाई मनोरञ्जनात्मक रुपले पर्दामा पस्कने बताए भने लेखकसमेत रहेका अर्का निर्देशक काजी लिम्बूले आफूले बर्षाैदेखि देखि,भोगी आएका वास्तवीक जातीय बिभेदकारी घटना,प्रसंगहरुलाई ‘जदौ’ मा बुन्ने प्रयास गरिएको उल्लेख गर्दै फिल्मले सम्पूर्ण नेपालीको मन जित्ने बिश्वास ब्यक्त गरे ।
अभिनेता मुकुन भुसाल र बिनोद न्यौपानेले आफुहरुले अहिलेसम्म गरेका भन्दा बिल्कुल भिन्न पात्र र भूमिका ‘जदौ’ मा निर्वाह गर्न लागेकाले चुनौतीका साथमा सम्भावना पनि उत्तिकै रहेको बताए । अभिनेत्री नीति शाहले स्क्रिप्ट र टिम निकै मन परेको बताउदै यो फिल्ममा आफू मोर्डन भूमिकामा रहेको खुलासा गरिन् । उनले अहिले आफूलाई ‘जदौ’ का लागि बिशेष रुपले तयार गरिरहेको बताइन् । अभिनेता प्रभातपालले आफूलाई बिश्वास गरेर गहन भूमिका सुम्पिएकाले आफूले निकै गम्भीरताका साथ तयारी सुरु गरेको बताए । उनले ‘जदौ’ ले आफ्नो करिअर उचाइमा पुर्याउने बिश्वास ब्यक्त गरे । नवअभिनेत्री सन्ध्याले डेब्यु फिल्ममै सिनीयर कलाकारहरुसँग स्क्रिन शेयर गर्ने मौका पाएकोमा खुशी ब्यक्त गरिन् ।
मुकुन,नीति,प्रभातपाल,बिनोद,सन्ध्याका साथमा ऋचा शर्मा,अनिल सुब्बा,सिपी पुडासैनी (धतुरे) लगायतका कलाकारले अभिनय गर्ने फिल्मको सहनिर्मातामा रामराजा सुवेदी,ओम चेम्जोङ,सुमीत्रा देवकोटा,नारायण शास्त्री,गोकुल केसी,अर्जुन खड्का,काजी केसी,सृजना शर्मा र मनिष शर्मा छन् । श्याम तामाङले खिच्ने फिल्मको निर्माण ब्यबस्थापक बुद्धिलाल माझी (देवा),कला निर्देशक चिरञ्जीवि भण्डारी,द्वन्द्व निर्देशक मिलन श्रेष्ठ छन् ।