चलचित्र परिवारको छायांकन सुरु


ब्युटी न्युज नेपाल
काठमाडौँ, ३ साउन

नयाँ चलचित्र ‘परिवार’ छायांकन सुरु भएको छ । तीन दशक पछि फेरी परिवार नाममा चलचित्र निर्माण हुन लागेको हो ।  शुक्रबार राजधानीमा शुभमुहूर्त गर्दै निर्माणपक्षले यो चलचित्रको छायांकन सुरु गरेको हो । मदन थापाको निर्देशन रहने चलचित्रको अधिकांश छायाकंन काठमाडौंमा हुनेछ भने केही दृश्य काठमाडौँ बाहिर छायांकन गर्ने निर्माणपक्षले जानकारी दिएको छ ।

चलचित्र ‘परिवार’को अनाउन्समेन्ट पोस्टरमा चारजना व्यक्ति छन् । एक पुरुष, दुई महिला र एउटा बच्चा देखिएको छ । चलचित्रमा को–को कलाकार छन् भन्ने बारेका निर्माण पक्षले कुनै जानकारी खुलाएको छैन ।

चलचित्रमा किरण रिजाल, रमेश साही, भिसाका बिक्रम थापा, स्प्रान्जा कँडेल निर्माता रहेका छन् । सहनिर्मातामा सन्तोष अधिकारी छन् ।

चलचिको कथा प्रेम थापा र गणेश उपाध्यायले लेखेका छन् । स्टोरी डिरेक्सन भने निर्देशक थापाकै छ । निरज कँडेलको डिओपी रहने सिनेमामा शेर शाही क्रिएटिभ डिरेक्टर छन् ।

स्टाइल डिरेक्सन विशाखा बिक्रम थापाको रहनेछ भने सिनेमेटोग्राफी विशेष महर्जनको रहनेछ । चिफ एडी सिर्जजा भुजेल, असिस्टेन डिरेक्टर राजिव गहतराज, एक्सन डिरेक्टर एनबी महर्जन रहनेछन् । लाइन प्रोडुसरमा वारिस सोना, कार्यकारी निर्मातामा रमेशबहादुर शाही छन् ।

यो चलचित्रका निर्देशक थापाले यस अघि चलचित्र ‘बाटोः रोड टू डेथ’ निर्देशन गरेका थिए । भदौ २७ गते रिलिज हुने चलचित्र ‘अभिमन्यु ः च्याप्टर–१’मा क्रिएटिभ निर्देशकको रुपमा समेत काम गरेका छन् ।

रे अफ आर्टको प्रस्तुति रहने चलचित्रमा भिसा आई फिल्मस र साही फिल्मस पनि सहकार्य रहनेछ । आत्रेय प्रोडक्सन हाउसको उत्पादन रहने बताइएको छ ।