माइतीको दैलो ल्याए समिक्षा र मदनले


ब्युटी न्युज नेपाल
काठमाडौँ, १७ असार

गायिका समिक्षा अधिकारीको स्वरमा ‘माइतीको दैलो’ बोलको गीत सार्वजनिक गरिएको छ । जसमा समिक्षा सँगै मदन ढकाल, बिमला ढकाल र लक्ष्मी बस्नेतको स्वर रहेको छ । भिडियोलाई टिएम म्युजिक प्रोडक्सन युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

गीत मदन ढकालको प्रस्तुतीमा सार्वजनिक गरिएको हो । गायक मदनले यसबर्षको तीज नजिकिदै गर्दा सम्पूर्ण दिदीबहिनीका लागी कोसेली स्वरुप गीत सार्वजनिक गरेको जानकारी दिए । गीतमा मदनकै शब्द छन् भने घनश्याम खत्रीको संगीत रहेको छ । संगीत संयोजन अनमोल बस्नेतले गरेका छन् । मिक्सिङको काम बिमल छिनालले गरेका छन् ।

गोरखामा छायांकन गरिएको गीतको भिडियोमा मोडल उषा सुवेदीसँगै घनश्याम खत्री, बिनोद बिके, गीता परियार, मन्जु पाण्डेको अभिनय रहेको छ । मरुभूमि नारायणले खिचेको भिडिओलाई रोशन धितालले सम्पादन गरेका हुन् । भिडिओलाई गायक मदनले नै निर्देशन गरेका हुन् । भिडिओमा कथा पनि उनकै छ । भिडियोमा एक चेलीले आफ्नो श्रीमानको मृत्युपछिको अवस्थालाई माइतीमा सुनाएकी छिन् ।