ब्युटी न्युज नेपाल
काठमाडौँ, ११ जेठ
नयाँ चलचित्र ‘लालीबजार’ मा अभिनेत्री स्वस्तिमा खड्काले फस्ट लुक्स सार्वजनिक गरिएको छ । ‘जात्रा’, ‘जात्रै जात्रा’, ‘महापुरुष’ र ‘महाजात्रा’ निर्माण गरेर दर्शक र प्रदर्शकको विश्वास जितिसकेको षट्कोण आट्र्सले यो चलचित्र निर्माण गर्न लागेको हो । यो चलचित्रको रिलिज मिति आगामी फागुन १ लाई तय गरिएको छ ।
सार्वजनिक पोस्टरमा अभिनेत्री खड्का भिन्न देखिएकी छिन् । गर्भवती महिला देखिएता पनि उनको शृङ्गार र हाउभाउले फरक चित्रण गरेको छ । अर्थात् उनको शारीरिक अवस्था र उनको चाहना पोस्टरमा भिन्न देखाइएको छ । यम थापाको लेखन तथा निर्देशनमा तयार हुने ‘लालीबजार’ लाई रवीन्द्रसिंह बानियाँ र म्याक्स दीपेस खत्रीले निर्माण गर्दैछन् भने यसका कार्यकारी निर्माता प्रदीप भट्टराई हुन् ।
अभिनेत्री खड्काले फिल्मको कथावस्तु र निर्माण टिमको कारणले आफू नयाँ फरक रुपमा प्रस्तुत हुन् तयार भएको बताइन । उनले भनिन्,‘मेरा अघिल्ला फिल्म भन्दा यसमा भिन्न स्वस्तिमा दर्शकले देख्नुहुनेछ । सार्वजनिक गरिएको पोस्टरले पनि धेरै कुरा भनिरहेको छ, म यो पात्रलाई जीवन्त बनाउन निकै उत्साहित छु ।’
निर्माता बानियाँका अनुसार षट्कोण आट्र्सले स्क्रीप्ट खोजीकै क्रममा निर्देशक थापासँग सहकार्यको सुरुआत गरेको हो । उनले भने,‘हामी अन्य लेखक तथा निर्देशकसँग सहकार्य गर्न छलफलमा थियौँ । राम्रो कथा दर्शकसम्म जानबाट बञ्चित नहोस् भनेर हामीले केही लेखक तथा निर्देशकसँग सहकार्यका लागि छलफल गरेका थियौँ । सोही क्रममा निर्देशक थापाले पठाउनु भएको स्क्रीप्टले हामीलाई आकर्षित ग¥यो । उहाँले स्क्रीप्ट लिएर काम गर्नुस् भन्नुभएको थियो तर हामीले नै निर्देशन गर्न आग्रह ग¥यौ ।’
निर्देशक थापा पनि आफ्नो करिअरलाई ‘लालीबजार’ ले नयाँ उचाई दिनेमा विश्वस्त छन् । निर्देशनमा केही समय विश्राम लिएका निर्देशक थापाले यसपटकको कार्यशैलीले आफ्नो कामलाई झनै परिपक्क बनाएको बताए ।
उनले भने,‘मेरो एक भेटमा निर्देशक भट्टराईसँग काम गर्ने विषयमा छलफल भएको थियो । सोही क्रममा म षट्कोण आट्र्समा आइपुगेको हु, यहाँ आएपछि मसँग भएको एउटा आइडिया सेयर गरें । उहाँहरूलाई मन परेपछि हामीले काम अगाडि बढाएका हौँ, निर्देशनको जिम्मेवारी पनि मलाई नै दिनुभएको छ । यो मेरा लागि अवसर र चुनौती दुवै हो ।’