सिटामोलले आफ्नो करिअर बदल्ने राजबहादुर सानेको दाबी


ब्युटी न्युज नेपाल
काठमाडौँ, २ असार

आगामी साउन २३ गतेबाट प्रदर्शनमा आउने नेपाली चलचित्र ‘सिटामोल’को पहिलो गीत ‘झुम्का कानैमा’को भिडियो सार्वजनिक गरिएको छ । कर्णाली प्रदेशमा प्रचलित हुड्के नाचमा यो गीत तयार छ । गीतलाई भने देउडा होकी जस्तो लाग्ने बनाईएको छ । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच यो गीतको भिडियो सार्वजनिक गरिएको छ । चलचित्रका मुख्य कलाकार सौगात मल्ल र बेनिशा हमालले यो गीतको भिडियोमा अभिनय गरेका छन् ।

कार्यक्रममा यसका निर्देशक राजबहादुर सानेले ‘सिटामोल’ले आफ्नो करिअर बदल्ने दाबी गरेका छन् । उनले भने, ‘यो हामीले एकदमै दुःखले बनाएको सिनेमा हो । सिटामोलले मेरो करिअर बदल्नेछ । मैले बनाएको अहिलेसम्मकै राम्रो चलचित्र सिटामोल बनेको छ ।’

राज बहादुर सानेको निर्देशनमा निर्माण भएको सिनेमाको गीत रिलिज कार्यक्रमका प्रतिनिसभा सांसद ज्ञानेन्द्र शाही प्रमुख अतिथिको रुपमा सहभागी भएका थिए । उनले सिनेमाको गीत जस्तै सिनेमा पनि उत्कृष्ट बनेको होस् भन्दै सफलताको शुभकामना दिए ।

यो चलचित्रमा सौगात र बेनिशासहित श्री कृष्ण निरौला, जानुका विश्वकर्मा, लोकेन्द्र लेखक, भुगोल कार्की, हिउँवाला गौतम, सुशील पोखरेल, दिनेश रेग्मी, आरआर खड्का, ज्ञानु मल्ल, पवन भट्टराई, काजल भुजेल र बालकलाकार करण परियार, आराध्या राज्यलक्ष्मी डिसीको अभिनय छ । श्री कृष्ण र जानुकाले यही सिनेमाबाट नेपाली रजतपटमा डेव्यु गरेका हुन् ।

तुल्सी देवी फिल्म प्रालीले जुनतारा फिल्मस्को सहकार्यमा निर्माण भएको सिनेमाको कथा प्रदीप भारद्धाज र निर्देशक सानेले लेखेका हुन् । सिमोस सुनुवारको प्रस्तुती रहेको सिनेमामा भुगोल कुमार कार्की र विकाश राज जोशी निर्माता तथा अप्सरा नेपाली, अजय मल्ल र कुमार केसी कार्यकारी निर्माता अनि गंगाराम श्रेष्ठ सह–निर्मातामा छन् ।

बन्दे प्रसादको सम्पादन, डिआई कलर राजेन्द्र मोक्तान, साउण्ड डिजाइनर मुकेश शाह, द्धन्द्व निर्देशन देव महर्जन र शंकर महर्जन, राकेश दाहालको पोस्टर डिजाइन, प्रोडक्सन म्यानेजर विकास तामाङ र धनबहादुर राई रहेको सिनेमालाई दिव्य सुवेदीले खिचेका हुन् ।