अष्ट लामाको अध्यक्षतामा संगीतकार संघमा नयाँ कार्यसमिति


ब्युटी न्युज नेपाल
काठमाडौँ, १७ जेठ

संगीतकार संघ नेपालमा नयाँ कार्यसमिति चयन भएको छ । शनिबार सम्पन्न संघको १३ औं वार्षिक साधारण सभा तथा सातौं अधिवेशनबाट संगीतकार अष्ट लामाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो ।

नयाँ कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा राजेश थापा, प्रथम उपाध्यक्षमा शंकर थापा स्माइल, द्वितीय उपाध्यक्षमा राजेन्द्र बजगाईं, महासचिवमा दिनेश वान्तवा राई, सचिव दिपक शर्मा र कोषाध्यक्षमा योगेन्द्र उपाध्याय चयन भएका छन् ।

यसै गरी संघको नयाँ कार्यसमिति सदस्यहरुमा कमलीकान्त भेटवाल, तारावीर पाण्डे, बबिना भट्टराई, हरि सायमी, अर्जुन कौशल रहेका छन् । संगीतरत्न शम्भूजित बासकोटा संस्थापक अध्यक्ष रहेको यस संघमा यस अघि लक्ष्मण शेष, शान्तिराम राई, पारस मुकारुङ र चेतन सापकोटा अध्यक्ष भइसकेका थिए ।

कार्यक्रममा संस्थापक अध्यक्ष शम्भुजीत बासकोटाले नयाँ कार्यसमितिका पदाधिकारीलाई बधाई ज्ञापन गर्दै प्रमाणपत्र प्रदान गरे ।

निबर्तमान अध्यक्ष चेतन सापकोटाले पनि नयाँ कार्यसमितिलाई आफ्नो कार्यकालको भन्दा अझ राम्रो होस भन्दै शुभकामना दिए । उनले नवगठित कार्यसमितिलाई आईतबार एक कार्यक्रम आयोजना गरि पदभार हस्तान्तरण गर्ने जानकारी दिए ।

अध्यक्ष लामाले आफु अध्यक्षमा सर्वसहमत चयनभए संगै आफ्ना कार्यकालमा सम्पन्न गर्ने निम्न ८ बुँदे कार्ययोजना सार्वजनिक गरे ।