कलाकारको बिजोग : पसिना पुच्दै, सडकमा दर्शकलाई पास बाँडदै


ब्युटी न्युज नेपाल
काठमाडौँ, ३० बैशाख

मंगलबार दिउँसो काठमाडौँमा साह्रै गर्मी थियो । यस्तै गर्मीमा पनि केही कलाकार काठमाडौँको इन्द्रचोक, बसन्तपुर दरवार क्षेत्र लगायतका स्थानमा पसिना पुच्दै त्यहाँका पसले तथा बटुवाहरुलाई निशुल्क चलचित्र हेर्न चलचित्रको टिकट बाँड्दै थिए ।

यसरी टिकट बाँड्ने क्रममा केही पसलले त ‘अब कलाकारले फिल्म मात्र खेरेर नपुग्ने भयो, फिल्म हेर्न हाईदिनुस भनेर पसल पसलमा आएर ग्रहक पनि बोलाउने पर्ने दिएन आए है’ भनेर व्यँग्य समेत गरेका थिए । तर यो व्यँग्यलाई वेवस्ता गर्दै कलाकारले पसल देखि फुटपाथ सम्मका दर्शकलाई टिकट बाँडी भ्याए ।

प्रसँग चलचित्र के घर के डेरा : घर नं. २ को हो । बुधबार बेलुका काठमाडौँमा दुईवटा हलमा आयोजना गरिने प्रिमियरमा यसपटक निर्देशक दीपेन्द्र के खनालदेखि निर्माता नकिम उद्दिमसम्मले सामान्य दर्शकलाई मुख्य अतिथि बनाएर उनीहरुलाई फिल्म देखाउने निर्णय गरे । यसपटक मिडिया र सेलिब्रेटीलाई नवोलाउने उद्घोष अभिनेत्री केकी अधिकारीले सडकमा भेटिएका दर्शकसँग गरिन् ।

फुटपाथ तथा घर घरमा दर्शकलाई टिकट बाँड्न भने यही चलचित्रका कलाकार केकी अधिकारी, खगेन्द्र लामिछानेदेखि निश्चल बस्नेत सम्मलाई खटाइएको थियो । बिचरा यी कलाकारहरुले पनि निर्माताको अनुरोधलाई नाई भन्न सकेनन् ।

चलचित्रको छायांकनका क्रममा स्पट पर्सनले छाता ओढाईदिनु पर्ने यी कलाकार चलचित्र रिलिजको लागि भने यसपटक गर्मी, धुलो र घामको वेवस्ता गर्दै खलखली पसिन पुछेर असन, मख्खन, इन्द्रचोकदेखि बसन्तपुरसम्मका गल्ली, चोक, पसल तथा विभिन्न घरमा पुगे । भेटिएकाहरुलाई निशुल्क टिकट बाँड्दै आफ्नो चलचित्र हेर्न प्रिमियर सोमा हेर्न आई दिन अनुरोध गरे । यसरी टिकट बाँड्नुको कारणबारे केकी, निश्चल देखि खगेन्द्र सम्मले सडकमा आम मानिसलाई राम्रैसँग सम्झाउनु परेको थियो । कतीपयलाई त प्रिमियर भनेको के हो भन्ने बारे पनि जानकारी थिएन । तथापि कलाकारबाट टिकट पाउँदा केही दर्शक खुसीले गदगद भए । केहीले फुर्सद छैन भनेर चलचित्रको टिकट लिन चासो पनि देखाएनन् ।

एक दर्शकले यी कलाकारलाई भनेको जस्तै अब नेपाली चलचित्रका दर्शकले चलचित्रमा अभिनय गरेर मात्र नहुने अबस्था आयो । उनीहरु आफैँले प्रत्यक्ष दर्शकलाई भेटेर मार्केटिङ समेत गर्नु पर्ने भएको छ । अब कलाकार नै हातमा टिकट लिएर दर्शकलाई बाटो बाटोमा बाँढ्न र बेच्न हिडेपछि उनीहरुको स्टारडमको महत्व कस्तो होला ? उनीहरु प्रति दर्शकको सम्मान कस्तो होला ? त्यो भने कलाकारले बेलैमा बुझ्नु पर्ने प्रतिक्रिया पनि यसपटक बसन्तपुरका पसलमा सुन्न पाईयो ।