माण्डवी त्रिपाठी र मधुसुधन वलीको तारा मागे तारा दिउँला…


ब्युटी न्युज नेपाल
काठमाडौँ, १८ वैशाख

गायक मधुसुधन ओली र गायिका माण्डवी त्रिपाठीको युगल स्वरमा नयाँ गीत ‘तारा मागे तारा दिउँला, जून मागे जून…’को भिडियो सार्वजनिक गरिएको छ । यो गीतलाई गायक ओलीको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । गीतमा बिपिन आचार्यको शब्द, संगीत र एरेन्ज रहेको छ ।

गीतको भिडियो पनि विपिन आचार्यले नै निर्देशन गरेका छन् । यो गीतको भिडियोको छायांकन विजय रुम्बाले गरेका हुन् ।

‘तारा मागे तारा दिउँला, जून मागे जून’ गीतको भिडियोमा मोडल उषा उप्रेती र गायक ओलीले अभिनय गरेका छन् । भिडियोमा गोविन्दकुमार ओलीको समेत अभिनय रहेको छ । गीतले छोटो समयमै दर्शक श्रोताको मन जित्न सफल गायकको दाबी छ ।

सानैदेखि गीत संगीतमा रुचि भएका मधुसुधनका चार ओटा गीतहरू काठमाडौँको सामाखुसी स्थित एम बी म्युजिक रेकर्डिङ स्टुडियोमा रेकर्डिङ भैसकेका छन् । जस मध्य तीन वटा गीतको म्युजिक भिडियो पनि बनिसकेको छ । यी गीतहरूमा पनि गायक मधुसुधन ओलीलाई गायिका माण्डवी त्रिपाठीले साथ दिएकी छिन् ।