ब्युटी न्युज नेपाल
काठमाडौं,१७ वैशाख
नयाँ नेपाली चलचित्र ‘बिगुल’ निर्माण हुने भएको छ । म्याग्नोलिया ग्रुपको ब्यानरमा रहेको चलचित्रमा बेनीशा हमाल, नरेन खड्का, नीर शाह,रमेश बुढाथोकी,गीता अधिकारी,हेमन्त बुढाथोकी,जेएन घिमीरे,सुमोद भारद्वाज,बिनयराज पौडेल,सुपा खनाल,बबि भारती,तुलसी लम्साल,जयन्त रेग्मी,बिकास अधिकारीका साथमा बालकलाकार श्रेयान्सी थपलीयाले अभिनय गर्दैछन् ।
यो चलचित्रको अक्षय तृतियाको शुभ अवसर पारि बुधबार कोटेश्वर महादेवस्थानमा शुभु मुहूर्त गरिएको छ । रमेश कोइरालाको निर्देशनमा बैशाख तेश्रो साताबाट छायांकन सुरु गरिने ‘बिगुल’ को मुहूर्त सटमा बेनिशा हमाल र नरेन खड्काले अभिनय गरेका थिए । अभिनेता नरेनले समाज जागरणको बिगुल स्वरुपको संवाद बोलेका थिए भने संवादसँगै अभिनेत्री बेनीशाले स्वतन्त्रता र शान्तिको प्रतिक स्वरुप एक जोडी परेवा उडाइएकी थिइन ।
समाजीक जागरण,समसामयिक राजनीति,आमनागरिकको कर्तब्य र जिम्मेवारी बोधका साथमा प्रचुर मनोरञ्जनले भरिने बताइएको ‘बिगुल’ को मुहुर्त सटको क्यामेरा स्वीच अन चलचित्र बिकास बोर्डका पूर्व सदस्य राजेन्द्र केसीले गरेका थिए भने निर्देशक प्रदिप श्रेष्ठले क्ल्याप हानेका थिए । चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुलीले निर्देशन गरेको मुहूर्तमा निर्देशक सुचित्रा श्रेष्ठले नरिवल फोडेकी थिइन् ।
दिनेश कोइरालाको कथामा मौनता श्रेष्ठको पटकथा,सम्वाद रहेको फिल्म शिब ढकालले खिच्ने छन् । कल्पना पौडेलको प्रस्तुति रहेको फिल्मको निर्मातामा महेश कोइराला र सूर्यकान्त कोइराला छन् ।
चितवनबाट सुटिङ सुरु गरिने फिल्मका गीतमा नेपाली काग्रेसका महामन्त्री बिश्वप्रकाश शर्मा,अर्जुन पोखरेल र मनोज चौलागाईको संगीत छ । कविराज गहतराजको कोरियोग्राफी रहने फिल्मको निर्माण ब्यबस्थापकमा श्याम केसी छन् ।