चलचित्र वसन्त देशभर रिलिज, मध्यान्नपछि व्यापारमा बृद्धि


ब्युटी न्युज नेपाल
काठमाडौँ, २२ चैत

गायक प्रकाश सपुतद्धारा निर्मित एवम् निर्देशित चलचित्र वसन्त आज शुक्रवारबाट देशका करिब १४० वटा हलमा रिलिज भएको छ । चलचित्रको आज शुक्रबार बिहान करिब ६० प्रतिशत अक्युपेन्सी रहे पनि दिउँसोबाट दर्शकको उपस्थित राम्रो छ । अपरान्हपछि थुप्रै हलहरु हाउसफुल देखिएका छन् ।

यो चलचित्रले शनिबार देशभर ४०० सो पाएको छ । भोली शनिबार वसन्तको व्यापार राम्रो हुने देखिन्छ । शनिबार अग्रिम बुकिङ राम्रो भएको छ ।

यो चलचित्रमा प्रकाश सपुतसँगै स्वस्तिमा खड्का, प्रभात पाल ठकुरी, श्री शिभान्सी, उर्मिला लाम्गादे, खड्क बहादुर पुन (खबपु), अनुप बराल, कमलमणि नेपाल, प्रकाश घिमिरे, विशाल पहारीलगायतको मुख्य भूमिका रहेको छ ।

गलबन्दी प्रोडक्सनको प्रस्तुति रहने सामाजिक कथावस्तुमा आधारित यो चलचित्रको कथा, पटकथा र संगीत पनि निर्देशक सपुतले नै तयार पारेका हुन् । चलचित्रको निर्मातामा मोहन विश्वकर्मा र बिन्दु बोहरा तथा कार्यकारी निर्मातामा अनुरोध भट्टराई, नाना थकाली र वीरेन्द्र नारायण श्रेष्ठ छन् । यो चलचित्रलाई काठमाडौँ उपत्यकामा डिसिएन र मोफसलमा एफडी कम्पनीले वितरण गरेको छ ।