निर्माण हुँदै चलचित्र जुनकीरी


ब्युटी न्युज नेपाल
काठमाडौं, ११ बैशाख

बबि फिल्मस् प्रालिको ब्यानरमा नयाँ चलचित्र ‘जुनकीरी’ निर्माण हुने भएको छ ।

यो चलचित्रमा लेखन तथा निर्देशक केदार दवाडीको रहने छ । ‘जुनकीरी’ छायांकनको तयारीमा रहेको निर्देशक दवाडीले बताएका छन् । यो फिल्मको निर्माता बबि सुब्बा लिम्बु हुन् ।

यो चलचित्रमा केवल कुँवर, जयन्ति मोक्तान, बेनिलाल ढुंगाना, केदारनाथ दवाडी लगायतका कलाकारको अभिनय रहने छ ।

नेपाल र युरोपको बिभिन्न स्थानमा छायांकन हुने ‘जुनकीरी’को छायाँकारमा रबिन्द्र बराल, नृत्य निर्देशकमा मोहन श्रेष्ठ, संगीतकारमा नरेश तामाङ रहने छन् ।