कलाकार संघमा अध्यक्ष उम्मेदवार मोहन निरौलाको प्यानल


ब्युटी न्युज नेपाल
काठमाडौं, २ चैत

नेपाल चलचित्र कलाकार संघको १९ औं साधारण सभाबाट यही ४ चैतमा नयाँ कार्यसमितिको लागि निर्वाचनबाट हुँदैछ । सोही क्रममा संघका कलाकारहरुले आफ्नो प्यानल धमाधम घोषणा गरेका छन् । संघमा दुई जना कलाकार रेजिना उप्रेती र मोहन निरौलाले अध्यक्षमा उम्मेदवारी दिएका छन् । रेजिनाले बुधबार मात्र आफ्नो प्यानल सार्वजनिक गरिन् ।

बिहिबार कलाकार मोहन निरौलाले एक कार्यक्रमबीच आफ्नो प्यानल नै घोषणा गरेका छन् । निरौला टिमको उम्मेदवारमा उपाध्यक्षमा कविता गेलाल र धनबहादुर बम्जन, महासचिबमा अभिनेता सविन श्रेष्ठ, सचिवमा अभिनेता रामेश्वर वुर्लाकोटी एवम् कोषध्यक्षमा सुनिल कटुवाल रहेका छन् ।

यसैगरी निरौला प्यानलबाट संघको ११ जना सदस्यका लागि प्यानलमा १४ जनाको नाम राखिएको छ । जसमा उद्धब भट्टराई, गोपाल ढकाल छन्दे, शीतल केसी, पवन केसी, रोशन श्रेष्ठ, पुण्यप्रसाद पाण्डे (प्रेम) पुकार भट्टराई, नम्रता खरेल, रामशरण जँगम, बबिता ढकाल, सुनिल कुमारी पुरी। गोपिलाल तामाङ, निर्मल स्याङतान र समीर लामा रहेका छन् ।