शिव राजको निर्माणमा आयो आहा कती राम्रो…


ब्युटी न्युज नेपाल
काठमाडौं, १५ माघ

संगीतकार हेमन्त शिशिरको संगीत तथा संगीत संयोजनमा नयाँ गीत आहा कति राम्री यतिबेला बजारमा आएको छ । यो गीतको रचना पनि हेमन्त आफैंले गरेका हुन् ।

गीतमा गायक हिमाल सागर र गायिका अनु चौधरीको स्वर रहेको छ । यो गीतको भिडियोलाइ पशुपति म्युजिक युट्युव च्यानलबाट रिलिज गरिएको छ । गीतलाई श्रोताले रुचाईरहेका छन् ।

गीतको भिडियोमा पनि गायक हिमालले नै अभिनय गरेका छन् । जसमा नायिकाको रुपमा मिस पवी रहेकी छिन् । टिकटकमा निकै चर्चा बटुलेकी मिस पवी अर्थात पवित्रा साकीले यस अघि सुनिल गिरीको जुम्लामाथि बनेको गीतको भिडियोमा पनि अभिनय गरेकी थिईन् ।

यो गीतको भिडियो निर्देशन युवराज वाईवाले गरेका हुन् । भिडियोका निर्माता शिव राज पौडेले हुन् । उनी कुशल गीतकार पनि हुन् । निसल पौडेलको छायाँकन रहेको यो गीतको भिडियोलाई विकाश दाहालले सम्पादन गरेका हुन् ।