सँसद अधिवेशन २५ पुषबाट


ब्युटी न्युज नेपाल
काठमाडौं, १२ पुस

पुस २५ गते सोमबारबाट सँसदको अधिवेशन सुरु हुने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सो दिन १ बजेका लागि संघीय संसद्‍ अधिवेशन आह्वान गरेकी छन् । राष्ट्रपति कार्यालयबाट मँगलबार एक विज्ञप्ति जारी गर्दै उनले सो अधिवेशन आह्वान गरेकी हुन् । प्रधानमन्त्री पुष्पकमल दाहालको नेतृत्वमा सरकार गठन भएपछि यो सँसदको नयाँ अधिवेशन आह्वान गरिएको हो ।

सरकारले सोमबार नै पुस २५ बाट सँसद अधिवेशनको लागि सिफारिस गरेको थियो । सोही सिफारिसको आधारमा मा मंगलबार उनले राष्ट्रपतिले अधिबेशन आह्वान गरेकी हुन् ।

अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँबानेश्वरमा बस्नेगरी राष्ट्रपति कार्यालयले सूचना जारी गर्दै संसद अधिबेशन आह्वान गरिएको जानकारी दिएको छ । संविधानको धारा ९३ को उपधारा (१) बमोजिम संसद्‍ अधिवेशन आह्वान गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।