अर्थमन्त्री जनार्दन शर्मा रुकुम पश्चिमबाट विजयी


ब्युटी न्युज नेपाल
दाङ, ९ मँसिर

अर्थमन्त्री जनार्दन शर्मा रुकुम पश्चिमबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । नेकपा (माओवादी केन्द्र) का नेता शर्माले नेकपा (एमाले) का नन्दराम देवकोटालाई पराजित गरेका छन् ।

अथमन्त्री शर्माले ३९ हजार ५४९ मत र उनका प्रतिस्पर्धी एमाले उम्मेदवार नन्दराम देवकोटाले १२ हजार ९६१ मत प्राप्त गरेका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनतर्फ रुकुम पश्चिममा कूल ५७ हजार दुई सय ९५ सदर मत खसेका थिए ।

यस्तै सोही ठाउँबाट राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार दीपककुमार मल्लले ७९६, मङ्गोल नेशनल अर्गनाइजेशनका उम्मेदवार हरिबहादुर पुनले २०८ र स्वतन्त्र उम्मेदवार तारक केसीले तीन हजार ५६७ मत प्राप्त गरेका छन् ।