लोक गायक ढुंगानाको चोखो छ जवानी बजारमा


ब्युटी न्युज नेपाल
काठमाडौं, २९ कात्तिक

लोक गायक नमराज ढुंगानाले आफ्नो स्वरमा नयाँ लोक दोहिरी गित चोखो छ जवानी…को भिडियो दर्शकमाझ ल्याएका छन् । गितमा नमराज ढुङ्गाना र शारदा रसाइलीको स्वर रहेको छ । गीतमा शब्द भिमसेन खतिवडाको, संगित गायक ढुङ्गाना स्वयंमको रहेको छ । जसमा म्युजिक एरेन्ज बिष्णु तामाङ्ले गरेका छन् ।

यो दोहोरी गितको भिडियोमा संञ्जिव ठकुरी र सिम्रन दुलालको अभिनय रहेको छ । संन्जिब ठकुरी कांठ क्षेत्रको गितमा अभिनय गर्ने चर्चित अनुहार हो भने सिम्रन दुलाल पछिल्लो समयमा मोड्लिग क्षेत्रमा कृयासिल देखिन्छिन् । सिम्रनको अभिनय रहेका गितहरु साथ छोड्यो छाँयाले, आमाको काख प्यारो छ, फुलफुल्यो अमला, सफल गिततहरु रहेका छन् ।

मिलन फिल्मस् प्रालिको अफिसियल युट्ब च्यानलबाट सार्वजनिक भएको गितको म्युजिक भिडियोको निर्देशन मिलन श्रेष्ठ, कोरियोग्राफी सन्जिब ठकुरि, छायांकन सन्तोष तिमल्सिनाको र सम्पादन रोशन धिमाल गरेका छन् ।

काँठे क्षेत्रको गित संगितको संरक्षण, सम्बद्र्धन र प्रबद्र्धनमा लागि पर्ने गायक ढुंगानाका सृजनाहरु जाउ घुम्न दोलालघाट, दुःखिको दैलोमा, बुट्टे कुवा, हाँस खेलगरौ, पिरतिमा दम छ, साथ छोड्यो छायाँले, फुल फुल्यो अमाला जस्ता दर्जनौं गित तथा संगितले दर्शक श्रोताको मन जिन सफल भएको छ ।