डाँडाघरे सांइलीपछि निरमाया ठूली… सार्वजनिक


ब्युटी न्युज नेपाल
काठमाडौं, २९ कात्तिक

‘डाँडाँघरे साइली’को सफलतापछि सोही टिमले अर्को गीत ‘निरमाया ठूली…’को भिडियो सार्वजनिक गरेको छ । स्वरुपराज आचार्य र लक्ष्मी मल्लको स्वरमा तयार भएको यो गीतमा कृष्ण केसीको शब्द, श्रीकृष्णबम मल्लको संगीत रहेको छ ।

यो गीतको भिडियोमा प्रकाश सपुत, शिल्पा पोखरेल र करिश्मा ढकालको अभिनय रहेको छ । यो गीतलाई पनि यसका मेकरले ‘डाँडाघरे साइली’ जस्तै दर्शकको मन छुने गरी बनाएको छ । गीतको भिडियोमा मौसम हिमालीको कोरियोग्राफी रहेको छ ।

नवराज उप्रेतीको छायांकन रहेको भिडियोमा प्रविण भट्टको सम्पादन छ । आफ्नो मन युट्युब च्यानलबाट यो भिडियो सार्वजनिक गरिएको हो ।