बेलायतको फिल्म फेस्टिभलमा भाउ


ब्यूटी न्यूज नेपाल
काठमाडौं, ५ असोज
नेपाली सर्ट फिल्म ‘भाउ (कस्ट् अफ लिभिङ)’ बेलायतको ‘फस्ट टाइम फिल्म मेकर सेशन्स एट् पाइनउड स्टुडियोज’ को छनोटमा परेको छ । यो फिल्ममा करियर बनाउन चाहने जो कोहीको लागि लन्चप्याड सिर्जना गरि खोलिएको लिफ्ट अफ ग्लोबल नेटवर्कको सदस्यहरूको साइट हो ।

लामो समयदेखि फिल्म तथा टेलिफिल्ममा अभिनय गरेका कलाकार सुवासप्रसाद गजुरेलले यस फिल्ममा मुख्य कलाकारको रुपमा भूमिका निर्वाह गरेका छन् । फिल्ममा सुजिता शाह, रेनुका कार्की र सुमन थापाको पनि अभिनय छ ।

काठमाडौं र भक्तपुरमा छायांकन भएको फिल्मको लेखन तथा निर्देशन रंगकर्मी तथा सञ्चारकर्मीसमेत रहेका मोहन अभिलाषीले गरेका हुन् । फिल्मको छायांकन नारायण जिसीले गरेका हुन् भने सहायक निर्देशन करण साउदले गरेका छन् । कवाडीवालाको कथा रहेको फिल्ममा मानिसको जीवनको मूल्य र मानिसको जीवन यापनको लागि हुने लागतलाई दर्शाउन खोजिएको छ ।