अभिनेता भुवन केसीद्धारा बोर्ड अध्यक्षको पदभार ग्रहण


ब्युटी न्युज नेपाल
काठमाडौं, १० साउन

सोमबार मात्र चलचित्र विकाश बोर्डमा अध्यक्ष नियुक्त भएका बरिष्ट अभिनेता तथा निर्माता भुवन केसीले आज बुधबार बिहान १० बजे चलचित्र विकाश बोर्ड पुगेर आफ्ना पदभार ग्रहण गरेका छन् । उनलाई बोर्डका कर्मचारीहरुले कार्यालयमा स्वागत गरेका थिए ।

बोर्डमा आफ्नो कार्यभार ग्रहण गर्दै उनले चलचित्र विकाश बोर्डको अध्यक्षको रुपमा बोर्डको उपस्थिति पुस्तिकामा हाजिर गरेर आफ्नो काम सुरु गरेका छन् ।

उनलाई आज बुधबार दिउँसो बोर्डमा नेपाल चलचित्र कलाकार संघ सहित विभिन्न संघ सँस्थाका तर्फबाट स्वागत गरिने भएको छ । सोही क्रममा अध्यक्ष केसीले चलचित्रसँग सम्बन्धित संघ संस्थासँग केही सुझाब पनि लिने छन् । कोरोनापछिको नेपाली चलचित्र उधोगको अबस्था नाजुक रहेको र बिदेशी फिल्मको हस्तक्षेप बढेको यो अबस्थामा उधोगका समस्याहरुलाई चाँडै निराकरण गर्न आफु लागि पर्ने अध्यक्ष केसीले बताएका छन् ।