ब्युटी न्युज नेपाल
काठमाडौं, २३ असार
चर्चित ज्योतिषी तथा अभिनेता हरिहर अधिकारी र अभिनेत्री नीता ढुंगाना दाम्पत्य सम्बन्धमा बाँधिएका छन् । आफुहरुको करिब तीन वर्ष लामो प्रेम सम्बन्धलाई सार्थक तुल्याउँदै यी जोडी शुक्रवार दाम्पत्य सम्बन्धमा बाँधिएका हुन् । दुबै पक्षको परिवार तथा नजिकका केही आफन्तहरु र सिमित सिनेकर्मीको उपस्थितिमा यी दुईले काठमाडौंको दरबारमार्गस्थित पाँचतारे होटल याक एन्ड यतिमा विवाह गरेका हुन् ।
यी दुईले गत वर्ष नै विवाह गर्ने तयारी गरेका थिए । तर गत वर्ष कोरोना सँक्रमणका कारण हरिहरको बुबाको देहान्त भएपछि उनीहरुको विवाह एक वर्ष पछि बल्ल यतिबेला भएको हो । आफुहरुको प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका नीता र हरिहरले अब आफ्नो नयाँ ह्रस्व दीर्घको निर्माण पनि सुरु गर्नेछन् ।
यसै बीच यी जोडीले विवाहको रिसेप्सन पार्टी आईतबार साँझ दिँदैछन् । उनीहरु सो पार्टी पनि याक एन्ड यतिमै दिने भएका छन् । पार्टीमा करिब ५०० जना बोलाउन बताईएको छ ।