बासुदेबको ‘घाम आउँछ छायाँ दिन्छ’ मह जोडीद्धारा बिमोचित


ब्युटी न्युज नेपाल
काठमाडौं, २२ फागुन

गीतकार बासुदेब अधिकारीको नयाँ गीतिसँग्रह ‘घाम आउँछ छायाँ दिन्छ’को काठमाडौंमा आईतबार एक समारोहबीच बिमोचन गरिएको छ ।

बरिष्ट हास्यब्यँग्य अभिनेताद्धय मदनकृष्ण श्रेष्ठ, हरिबँश आचार्य, गीतकार डा. कृष्णहरि बराल, सांस्कृतिक संस्थानका महाप्रबन्धक अशोक प्यासी राई, संगीतकार शिलबहादुर मोक्तान र गीतकार अधिकारी आफैंले यो गीतिसँग्रहको सँयुक्त रुपमा बिमोचन गरेका छन् ।
अग्रज कलाकार तथा गायक मदनकृष्ण श्रेष्ठले यो सँग्रहका सबै गीतहरु शब्द र गायनका हिसावले राम्रो रहेको बताए । एकथरीले गीतको नाममा जे पनि लेख्ने र गाउने गरेको गुनासो पोख्दै उनले भने,‘बासुदेबजीले लेख्नु भएका गीतहरु निकै राम्रा रहेछन् ।’

अर्का हास्य अभिनेता हरिबँश आचार्यले पनि सँग्रहका गीतको खुलेर प्रसँसा गरे । नयाँ पुस्तामा पनि राम्रा गीतकारहरु आएको जिकर उनले गरे । तीन दशक अघि आफु राष्ट्रबैंकबाट निस्कासित भएपछि बासुदेब राष्ट्रबैंकमा जागिरे भएको स्मरण हरिबँशले सुनाए । कवितामा आफ्नो छुट्टै पहिचान बनाएका बासुदेवका गीतहरु पनि त्यत्तिकै राम्रो र ठेट नेपाली शैलीको भएको उनले बताए ।

यस्तै गीतकार कृष्णहरि बरालले मनपरी शब्द लेखेर गीत बनाउनेहरुका लागि बासुदेवका गीत गतिलो जवाफ भएको जिकिर गरे । गाउँ घरमा प्रयोग हुने मौलिक शब्द र भावलाई टपक्क टिपेर गीत लेख्न यी गीतकार सिपालु भएका भन्दै डा. बरालले ‘घाम आउँछ छायाँ दिन्छ’ उत्कृष्ट सँग्रह बासुदेवले ल्याएको बताए ।

आफुले बिगतमा विभिन्न कवितासँग्रहहरु ल्याए पनि गीति सँग्रह ‘घाम आउँछ छायाँ दिन’ यतीबेला बजारमा ल्याएको गीतकार बासुदेबले कार्यक्रममा बताए । उनको गीतको सँगीतकार शिलाबहादुर मोक्तानले पनि कार्यक्रममा चर्चा गरे ।

सँग्रहमा रहेको नौ मध्यको एक गीत सास रैछ सास…को भिडियो सो कार्यक्रममा सार्वजनिक गरियो । साँस्कृतिक संस्थानका पूर्व महाप्रबन्धक राजेश थापाले निर्देशन गरेको सो भिडियोमा उत्तम केसी, भिमा मैनालीसहित विभिन्न कलाकारको अभिनय थियो । मधुकर लोहनीले सँगीत गरेको यो गीतलाई सँजय तुम्रुकले गाएका हुन् ।

सँग्रहमा माटो पार्खिँदैछ…, रोल्वालिङ खोली…, सुन साथी…, बुद्ध बन…, साउने झरी…, खरी झ¥यो…, समय छ…, घाम छायाँ…बोलका गीतहरु छन् । यी गीतहरुमा मधुकर लोहनी, विकाश चौधरी, रुपक चौधरी, नारायण लामा, बलराम समालको सँगीत छ । यी गीतहरुमा मधुकर सहित राजेश पायल राई, रुपक चौधरी, आकाश थापा, दुर्गा परियार, दीपेन्द्र बिक्रम थापा र बलराम समालले स्वर दिएका छन् ।