चलचित्र लप्पन छप्पन २ देशव्यापी प्रदर्शन


ब्युटी न्युज नेपाल
काठमाडौं, २० फागुन

चलचित्र लप्पन छप्पन २ आज शुक्रबारबाट नेपालका अधिकाँस मल्टिप्लेक्स र सिँगल फिल्म हलमा रिलिज भएको छ । यो फिल्म देशको सबैजसो मुख्य सिनेमा हलमा रिलिज भएको यसका निर्देशक मुकुन्द भट्टले बताएका छन् ।

यो एक्सन प्रधान फिल्म हो । तस्करी र भ्रष्टाचारसँगै राजनीतिक बिकृतिको कथामा यो चलचित्र निर्माण गरिएको पनि भट्टले बताएका छन् । उनका अनुसार यो फिल्म करिब ५ करोड रुपैयाँ लागतमा निर्माण भएको हो । यो चलचित्रको विहिबार काठमाडौं स्थित बिग सिनेमामा प्रिमियर शो गरियो । यो चलचित्र हेरेर सिनेमाकर्मी र सञ्चारकर्मीले सस्पेन्स थ्रिलर जनरामा एउटा राम्रो चलचित्र बनेको बताए ।

यस चलचित्रका कलाकारहरु अर्पण थापा, शिव श्रेष्ठ, शक्ति श्रेष्ठ, अभिनेत्री क्यारोलिन कोलिन्डा, विशाल पहारी, निर्देशक मुकुन्द भट्ट प्रिमियर शोमा सहभागी थिए । र निर्माताहरु प्रिमियरमा उपस्थीत थिए । अन्य चलचित्रको छायाँकन परेको भन्दै यो चलचित्रका अभिनेताद्धय सौगात मल्ल र अनुपविक्रम शाही प्रिमियरमा आएनन् ।

पाँच वर्ष अघि निर्माण भएर दर्शकमाझ आएको चलचित्र ‘लप्पन छप्पन’को दोश्रो सृँखलाको रुपमा यो चलचित्र निर्माण गरिएको हो । यो फिल्मलाई नेपालीसँगै हिन्दी, तमिल, तेलुगु, भोजपुरी र चाइनिज गरी ६ भाषमा रिलिज हुनेछ । सुरज अधिकारी र प्रजापति सिवाकोटीको कार्यकारी निर्माण रहेको सिनेमामा चिजकुमार श्रेष्ठ, प्रकाश कुँवर, निर्मलकुमार मिश्र र सन्तोषचन्द्र भक्रेल निर्माताको रुपमा छन् ।

यो चलचित्रको अन्य कलाकारमा प्रकाश कुँवर, स्व.दीपक क्षत्री, सरिता गिरी, एञ्जल श्रेष्ठ, अनिल खनाल, राजेन्द्र विष्टलगायतका छन् । यही चलचित्रबाट केरोलिन कोलिन्डा, सुपर गुरुङ, आना ढकाल, सृजना सिना, रन्जीत वन्तलगायतले डेब्यु गरेका हुन् ।

खिलेन्द्रराज तिमसिनाको प्रस्तुति लप्पन छप्पन २ को पटकथा र संवादमा निर्देशक भट्ट र सुनिल नेउर, छायाँकारमा पुरुषोत्तम प्रधान, सँगीतकारमा शम्भुजित बाँस्कोटा, राजेन्द्र भट्ट(मिस्टर आरजे), दीपक आरजे र बुलेट फ्लो छन् । सिनेमामा किङ योगी र दिलिप ओकेडाको कोरियोग्राफी छ । भने, हिमाल केसीसहित निर्देशक भट्ट र सिमोन तामाङको एक्सन, निरज केसीले साउण्ड र मिलन श्रेष्ठको सम्पादन रहेको छ ।