देउवाले बहुमत पाएनन्, सभपतिमा फेरी चुनाव हुँदै


ब्युटी न्युज नेपाल
काठमाडौं, २८ मंसिर

नेपाली कांग्रेसको सभापतिमा कसैले पनि बहुमत ल्याउन नसकेपछि पुन निर्वाचन हुने भएको छ । आइतबार भएको मतदानमा मतको परिणाम अनुसार सभापतिको उम्मेदवार देउवाले बहुमतको लागि ८२ मत कम पाए । मतदानमा ४६७९ मत खसेको थियो । यस अनुसार कुनै पनि उम्मेदवार निर्वाचित हुन २३४० मत चाहिन्थ्यो । देउवाले २२५८ मत मात्र पाए ।

अर्का उम्मेदवार शेखर कोइरालाले १७४९ मत पाएका छन् । अब दोस्रो चरणमा सभापतिका लागि देउवा र कोइरालाबीच प्रतिस्पर्धा हुनेछ । चयनका लागि पुनः मतदान हुने भएको छ । तेस्रो स्थानमा रहेका प्रकाशमान सिंह, चौथो स्थानमा रहेका बिमलेन्द्र निधि र पाँचौ स्थानमा रहेका कल्याण गुरुङ भने सभापतिको दौडबाट बाहिरिएका छन् ।