रवि र समीक्षाको पाउडर किरिममा


ब्युटी न्युज नेपाल
काठमाडौं, १८ चैत

दोस्रो नेपाल आइडल गायक रवि ओड र चर्चित गायिका समीक्षा अधिकारीले आफ्नो स्वरमा नयाँ गीत ‘पाउडर किरिममा…’ श्रोतामाझ ल्याएका छन् । यो गीतमा कृष्ण केसीको शब्द रहेको छ । गीतमा संगीत पनि केसीकै छ ।

गीतको एरेन्ज सुनिल परियारले गरेका हुन् । गीतको भिडियोमा भने नायक पुष्प खड्का, रवि ओड, प्रियना आचार्य र सम्झना खत्रीको अभिनय रहेको छ ।

भिडियोमा मौसम हिमालको निर्देशन तथा कोरियोग्राफी रहेको छ । जसमा नवराज उप्रेतीको छायाँकन, विकास ज्ञवालीको सम्पादन रहेको छ । अनिल केसीको प्रस्तुति रहेको ‘पाउडर किरिममा’ लाइ आफ्नोमन युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।