ब्युटी न्युज नेपाल
काठमाडौं, २७ फागुन
बरिष्ट ब्युटिसियन तथा यस ब्युटिन्युज नेपालकी सल्लाहकार रश्मिला श्रेष्ठले आफ्नो ‘रश्मिलाज फेसियल हाउस एण्ड ब्यूटी केयर’ को तेश्रो आउटलेट सेवा काठमाडौंको बालाजु स्थित बुद्धमलबाट सुरु गरेकी छिन् । बिहीबार दिउँसो उद्घाटन भएसँगै यो तेस्रो शाखाबाट सेवा सुरु भएको हो ।
बरिष्ट ब्युटिसियन रश्मिलाले काठमाडौं मलबाट आफ्नो सेवा सुरु गरेको रश्मिलाज फेसियल हाउस एन्ड ब्यूटी केयरले यस काठमाडौं मलपछि गोँगबुको बिजी मलबाट दोश्रो शाखाको रुपमा सेवा प्रदान गर्दै आएकी छिन् । अहिले तेश्रो शाखा बुद्धमलमा सुरु गरिएको हो ।
बुद्धमलमा खोलिएको यो नयाँ आउटलेटको रिपोर्टर्स क्लब नेपाल तथा प्राईम टिभीका अध्यक्ष ऋषि धमला, कान्तिपुर टिभीका सिईओ एवम् चलचित्र निर्देशक दिनेश डीसी र अभिनेत्री अनु शाहले संयुक्त रूपमा रिवन काटेर सो शाखाको बिहिबार उद्घाटन गरेका हुन् ।
ृउद्घाटन समारोहमा बोल्दै रिपोर्टर्स क्लबका अध्यक्ष धमलाले रश्मिलाज फेसियल हाउसले एक दशकमा आफ्नो सफलताले लोकप्रियता हाँसिल गरेको बताए । आउँदा दिनमा आफु र श्रमतीले यहीँबाट सेवा लिने पनि उनले बताए । यस्तै चलचित्र निर्देशक डिनेश डिसीले आफु रश्मिलाज फेसियल हाउसको सेवाको पारखी रहेको बताउँदै यो हासउबाट सौन्दर्य सम्बन्धि गुणस्तरीय सेवा प्रदान गरिने भनाई सो कार्यक्रममा राखे । अभिनेत्री अनु शाहले आफु पनि अब यसमा नियमित सेवा लिन आउने बताईन् ।
कार्यक्रममा ‘रश्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयर’की सञ्चालिका रश्मिला श्रेष्ठले उपभोक्ताहरूको मागअनुसार तेस्रो शाखा खोलिएको बताईन् । आफुहरुको शाखालाई अझै विस्तार गर्दै लैजाने प्रतिवद्धता उनले कार्यक्रममा जनाईन् । उनका अनुसार बुद्ध मलस्थित शाखाको जिम्मेवारी निक्की प्रधानलाई दिइएको छ ।
यस्तै रश्मिलाज फेसियल हाउसका संरक्षक एवम् युवा व्यवसायी प्रकाशकुमार श्रेष्ठले बुद्ध मलको आफुहरुलाई सौन्दर्य प्रेमी कस्टमरले गरेको मायाँकै कारण आज तेस्रो शाखा खोल्न सफल भएका छौं भने । उनले यो शाखाबाट अन्य शाखा जस्तै गुणस्तरीय सेवा दिने बताउँदै आगामी दिनमा १० वटा शाखा काठमाडौं र अन्यत्र खोल्ने तयारी रहेको जानकारी गराए ।





									
							
							
							
							
							
							
							
							
							
							