पिसिआर कम परिक्षण हुँदा आज १४७७ जनामा मात्र कोरोना पुष्टी


ब्युटी न्युज नेपाल
काठमाडौं, ३० कात्तिक,

तिहार पर्वका कारण पिसिआर थोरै परिक्षण हुँदा कोरोना सँक्रमितको सँख्या पनि हिजो, अस्तीको भन्दा आज काम देखिएको छ । आज आईतबार १ हजार ४७७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसँख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ४७६ जनामा परीक्षण गर्दा १ हजार ४७७ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ९ हजार ७७६ पुगेको छ ।
यसै गरी पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमण मुक्त हुनेको संख्या २७९८ जना रहेको छ । यो सँगै हालसम्म नेपालमा संक्रमणमुक्त हुनेको कुल संख्या १ लाख ७३ हजार ४३० जना पुगेको छ ।

यस्तै यतीबेला मुलुकका विभिन्न क्वारेन्टाईनमा १हजार २१ जना रहेका छन् । देशका विभिन्न आईसोलेसनमा यतीबेला ३५ हजार १२५ जना सक्रिय विरामीहरु कोरोनाको उपचारमा छन् ।

पछिल्लो २४ घन्टामा नेपालमा कोरोनाबाट थप ६ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको सँख्या १ हजार २२१ जना पुगेको छन् ।