ब्युटी न्युज नेपालका सल्लाहकार श्रेष्ठदम्पत्तिलाई पितृशोक


ब्युटी न्युज नेपाल
काठमाडौं, ५ कात्तिक

ब्युटी न्युज नेपालका सल्लाहकार रश्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयरका अध्यक्ष, समाजसेवी तथा युवा ब्यबसायी प्रकाश कुमार श्रेष्ठ तथा रश्मिला श्रेष्ठलाई पितृशोक परेको छ । ब्यबसायी प्रकाश कुमार श्रेष्ठ र धादिङ निर्माण ब्यबसायी संघका अध्यक्ष रमेश कुमार श्रेष्ठको पुजनीय पिता तथा हाम्रा सल्लाहकार रश्मिला श्रेष्ठका ससुरा गोबिन्द श्रेष्ठको ८३ बर्षको उमेरमा आज अल्का हस्पिटलमा उपचारको क्रममा निधन भएको छ ।

धादिङ घर भएका गोबिन्द श्रेष्ठले लामो समयसम्म कानुन ब्यबसायीको रुपमा सेवा पुर्याएका थिए । त्यसैगरी सामाजिक कार्यमा अग्रणी भूमिका निर्बाह गर्दै आएका स्वर्गीय गोबिन्द श्रेष्ठको निधनले गर्दा धादिङबासि मात्र नभएर देशलेनै एक असल नागरिक गुमाएको छ ।

दिवँगत कानून व्यबसायी गोबिन्द श्रेष्ठका २ छोरा र ४ छोरी रमेश कुमार श्रेष्ठ, प्रकाश कुमार श्रेष्ठ, अम्बिका श्रेष्ठ, सुमित्रा श्रेष्ठ, गङ्गा श्रेष्ठ र जमुना श्रेष्ठ रहेका छन्। स्वर्गीय अधिवक्ता गोबिन्द श्रेष्ठ धादिङ जिल्ला अदालत वार एशोसियसनका संस्थापक अध्यक्ष समेत थिए । यस दुखद घडीमा ब्युटी न्युज नेपाल परिवार दिवँगत श्रेष्ठप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवार प्रति गहिरो समबेदना प्रकट गर्दछ ।