लायन्स क्लब अफ काठमाडौं सिद्धी ब्युटीका तर्फबाट विद्यालयलाई सहयोग


ब्युटी न्युज नेपाल
काठमाडौं, १६ असोज

मुलुकमा कोरोना सँक्रमणका कारण कैयौं विपन्नहरुलाई हातमुख जोर्न गाह्रो परेको छ । यस्तो अबस्थामा लायन्स क्लब अफ काठमाडौं सिद्धी ब्युटीका तर्फबाट काठमाडौंका कलंकी स्थित जनपथ उच्च माविमा अध्ययनरत ३० जना विपन्न विधार्थीहरुलाई राहत सामग्री प्रदान गरिएको छ । लायन्स क्लब अफ काठमाडौं सिद्धी ब्युटीको तर्फबाट बिहिबार एक समारोहबीच उनीहरुलाई सो सामग्री प्रदान गरिएको हो ।

लायन्स क्लब अफ काठमाडौं सिद्धी ब्युटीकी अध्यक्ष तथा बरिष्ट ब्युटिसियन अनिता खड्का रायमाझीको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा कतिपय विद्यार्थीका अभिभावकहरुले राहत ग्रहण गरेका थिए । उनीहरुलाई राहत स्वरुप, चामल,दाल, तेल, नुन, गेडगुडी, सेनिटाईजर, ह्यान्डवाससहित विभिन्न सामग्री प्रदान गरिएको थियो ।

सोही क्रममा लायन्स क्लब अफ काठमाडौं सिद्धी ब्युटीका तर्फबाट जनपथ उच्च माविलाई फोटोकपी तथा प्रिन्टर मेसिन १ थान र अनलाईन कक्षा सञ्चालन गर्नका लागि प्रोजेक्टर पनि १ थान प्रदान गरियो । सो क्लबकी चार्टर प्रेसिडेन्ट एवम् डिस्ट्रिक चेयर पर्सन सुमित्रा रंजितले आफ्नो जन्मदिनको अबसर पारेर सोही कार्यक्रममा जेष्ठ नागरिकहरुलाई मास्क, सेनिटाईजर, हेन्डवासलगायतका सामग्री हस्तान्तरण गरिन् । कार्यक्रमको सञ्चालन गर्दै यस्ता विपन्न व्यक्तिहलाई आफ्नो क्लबले बिगत देखि सहयोग गर्दै आएको चार्टर प्रेसिडेन्ट सुमित्रा रंजितले बताईन् ।

 

सो समारोहमा लायन्स क्लब अफ डिस्ट्रिक ३२५ बी १ की लायन डिस्ट्रिक अर्गनाईज स्ट्रेन्थ मिरा बज्राचार्यले लायन्सको महत्वबारे प्रकाश पारिन् । आफुहरुले नै आफ्नो गोजीबाट पैसा दिएर यस्तो सहयोग प्रदान गर्दै आएको उनले बताईन् ।
सो विद्यालयका प्रिन्सिपल जितबहादुर लामिछानेले बिद्यालयलाई प्रदान गरिएको प्रिन्टर र प्रोजक्टरले विद्यार्थीको पठन पाठनमा महत्वपूर्ण काम गर्ने बताए । यस्तै सो विधालयका सञ्चालक समिति अध्यक्ष रमेश रायमाझीले कार्यक्रमको व्यबस्थापन गर्दै धन्यबाद ज्ञापन गरे ।

सो विद्यालयमा अध्ययनरत दयनीय आर्थिक अबस्था भएका विपन्न विद्यार्थीहरुलाई क्बलका तर्फबाट राहत प्रदान गरिएको सिद्धी ब्युटीकी अध्यक्ष अनिता खड्का रायमाझीले कार्यक्रममा बताईन् । सो कार्यक्रममा अतिथिका रुपमा लायन्स क्बल अफ काठमाडौं टेम्पल माँ हारतीका चार्टर प्रेसिडेन्ट डा. गोपाल प्रधान, लायन्स क्लब अफ काठमाडौं टेम्पल माँ मञ्जुश्रीकी चार्टर प्रेसिडेन्ट सुलोचना मानन्धरलगायत सिद्धी ब्युटीका पदाधिकारीको उपस्थिति थियो ।