डा. उपाध्यायका गए तिम्रा यादहरु….(भिडियोसहित)


ब्युटी न्युज नेपाल
काठमाडौं, ६ भदौ

एक पछि अर्को सृजना सार्वजनिक गर्ने क्रममा विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायले आफ्नो नयाँ गीत ‘गए तिम्रा यादहरू…’ को भिडियो सार्वजनिक गरेका छन् । गिनिज आफ वल्र्डं सहित ३२ वटा विश्व रेकर्ड राखेका गीतकार उपाध्यायको यो बियोगान्त शैलीको गीत हो ।
यो गीतलाई अहिलेका युवा सँगीतकार गायक राज सागरले गाएका छन् । जसमा शाहस शाक्यको सँगीत सँयोजन र दीप घतानीको मिक्सिङ तथा माष्टरिङ रहेको छ ।

यो गीतको भिडियोमा एउटा मोटरसाईकल मिस्त्रीले मन पराएकी युवती (नर्स)लाई डक्टरले मन पर्राएपछि ती मिस्त्रीको छाट्पटी र प्रैमपीडा प्रस्तुत गरिएको छ । भिडियोलाई रोशिकको निर्देशन, छायाँकन र सम्पादन गरेका छन् । भिडियोको कथा शैली भने राम्रो छ । भिडियोमा नयन सिंह, परूषोत्तम सानु, रूपा सुनार, रजिना भित्रीकोटीलगायतले अभिनय गरेका छन् । यो गीतको बोल यस्तो छ : 

गए तिम्रा यादहरु सिरानी भिजाउँदै
राख्यौ तिमिले अँध्यारोंमा सपना देखाउँदै
बन्यौ कसरी ती निर्मोही तिमी
बन्यौ कसरी निर्मोही…

हाँसी बस्यौ मलाइ खेलौना झैं..
खेलाउँदै तिमी,बन्यौ कसरी तिमी निर्मोही…..
पिरतीको रित बिर्सेर जिउन सक्दिन
तिम्ले दिएको चोट सम्झेर बाँच्न सक्दिन
केवल कल्पनामै त हुन्छ हाम्रो मधुर मिलन
त्यही कल्पना गर्न पनि त छोडन सक्दिन
बन्यौ कसरी…

साहारा मागेको थियें आफ्नै सम्झेर
तिम्ले माया मारी गयौ विरानो सम्झेर
छट्पटीमै दिन बित्छ छटपटिमै रात
त्यही दिन रात ,भुल्न पनि त किन सक्दिन
बन्यौ कसरी …

डा उपाध्यायका सँयुक्त र एकल गरेर हालसम्म २३ वटा गीतिसँग्रह बजारमा आईसकेका छन् । सँग्रहका गीतमा माया प्रेम, रोमान्स विछोडमात्र नभएर समाजका लागि लेखिएका गीत पनि रहेका छन् । उहाँका चाड पर्वका गीतदेखि लिएर छोरी विदाई गर्दाका गीत, पर्यटन गीत, स्वास्थ्य तथा योगसम्बन्धी गीत, महिला प्रताडनासम्बन्धी गीत, मजदुर किसान भरियासम्बन्धी गीतलगायत विभिन्न परिवेशका गीत रहेका छन् । उनका मेजर स्केलका गीत, माइनर स्केलका गीतका साथै सेभन्थ कड्सका गीतहरु छन् ।