यो तीजलाई रामकुमार र टीकाको चुरिया हातैमा…


ब्युटी न्युज नेपाल
काठमाडौं, २ भदौ

यो वर्षको तीजलाई लक्षित गरेर गायक रामकुमार बस्नेतले गायिका टीका पुनसँग मिलेर नयाँ गीत चुरिया हातैमा…को भिडियो बजारमा ल्याएका छन् ।

अनिल खनालले लेखेको यो गीतमा सँगीत पनि रामकुमार बस्नेतले नै गरेका हुन् । जसमा कमल सौरागको सँगीत सँयोजन रहेको छ ।
यो तीज भाकाको भिडियो नृत्यप्रधान बनाईएको छ । भिडियोको निर्देशन शेखर खनालले गरेका हुन् ।

यसमा शँकर बिसीको कोरियोग्राफी रहेको छ । भिडियोमा निर्देशक शेखर खनाल र कोरियोग्राफर शँकर बिसी सहित करिश्मा सिंह ठकुरी, ऋतु तामाङलगायतको अभिनय छ ।

यो गीतलाई शिखर नेपालको युट्युज च्यानलबाट रिलिज गरिएको छ । भिडियोमा दुर्गा पौडेलको छायाँकन, नविन घर्तिमगरको सम्पादन रहेको छ ।