सञ्चारकर्मी सारदा थापाको तीजको लहर गाउँ सहर…


ब्युटी न्युज नेपाल
काठमाडौं, २२ साउन

बिगत जस्तै यो वर्षको तीजका लागि पनि सञ्चारकर्मी शारदा थापाको नयाँ तीज भाका ‘तीजको लहर, गाउँ सहर…’ को भिडियो दर्शक श्रोतामाझ ल्याएकी छिन् । यो गीतमा शब्द जीवन प्याकुरेलको छ भने लय जय देवकोटाको रहेको छ ।

विगत वर्षहरुमा तीज आउनुअघि नै हजारौं तीज गीत सार्वजनिक हुने गरे पनि यो वर्ष कोरोना महामारीका कारण कमी आएका बेला थापाको तीज गीत सार्वजनिक भएको छ । सञ्जय श्रीपालको संगीत संयोजन रहेको थापाको गीतको भिडियोमा छायाँकन वीरेन्द्र भट्टले गरेका छन् भने सम्पादन अमृत चापागाईले गरेका छन् ।

गायिका थापा स्वयमले अभियन गरेको म्युजिक भिडियोको निर्देशन मदन खड्काले गरेका हुन् । म्युजिक भिडियो थापाको आफ्नै शारदा क्रियशन्स  युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । टेलिभिजन पत्रकारितामा व्यस्त थापाको यो तेस्रो तीज गीत भएको बताइएको छ ।