काठमाडौंमा आज ४८ लाई कोरोना, २३ जना त प्रहरी नै


ब्युटी न्युज नेपाल
काठमाडौं, १३ साउन

मँगलबार ३११ जनामा कोरोना भाइरस संक्रमण देखिएकोमा ५० जना भन्दा बढी सँक्रमित काठमाडौं उपत्यकाका रहेका छन् ।

काठमाडौं जिल्लामा मँगलबार ४८ जनामा कोरोना सँक्रमण पुष्टी भएको स्वास्थ्य तथा जनसँख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताएका छन् । मँगलबार काठमाडौं उपत्यकामा ५३ जना संक्रमित देखिएको छ । जसमा ४८ जना काठमाडौं जिल्लामा ४ जना ललितपुर जिल्लामा र १ जना भक्तपुर जिल्लामा सँक्रमित देखिएका हुन् ।

काठमाडौंका ४८ जना मध्य २३ जना त प्रहरी मात्र छन् । मंगलबार प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत प्रहरीमात्रै २३ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रहरीले जनाएको छ ।