ब्युटी न्युज नेपाल
काठमाडौं, ७ साउन
गायक भुवन प्यासीले आफ्नो स्वरमा पहिलो तीजको गीत बजारमा ल्याएका छन् । उनको तीज गीत ’लेहेंगा हरर …’को भिडियो सार्वजनिक गरिएको छ ।
लोक र पप शैलीको तीज गीत ’लेहेंगा हरर…’मा गायक भुवन प्यासीको नै शब्द र संगीत रहेको छ । गीतलाई राजेन्द्र बजगाईले एरेन्ज गरेका हुन् । चितवनमा बसेर गीत संगीतमा आफ्नो भिन्दै पहिचान बनाउन सफल गायक भुवन प्यासी सार्वजनिक गीतको भिडियोको सुशान कडेँलले निर्देशन गरेका छन् ।
यो गीतको भिडियोमा आकृती लामिछाने, करुण विसी, सन्जु पाठक, देव एलोन, राज सुनार र कन्चन सुनारलाई मोडलको रुपमा प्रस्तुत गरिएको छ । गीतको भिडियोमा सुरज खनालको छायांकन रहेको छ । यस गीतको भिडियोलाई विकास धमलाले सम्पादन र सिर्जन बरालको कोरियोग्राफ गरेका हुन् । गायक भुवन प्यासीले यस अघि “हे बरै’,‘माईली’ ‘हल्का हल्का’ ,ट्राफिक जाम’ जस्ता गीतहरु बजारमा लिएर आईसकेका छन् ।