आज ४२५ जनालाई कोरोना, नेपालमा सँक्रमित ५७६० पुगे, थप १ को मृत्यु


ब्युटी न्युज नेपाल
काठमाडौं, ३२ जेठ

नेपालमा आज ४२५ जनालाई कोरोना सँक्रमण देखिएको छ । जसमा जना ३७५ पुरुष र ५० जना महिला रहेको स्वास्थ्य तथा जनसँख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी गराएका छन् । पछिल्लो २४ घन्टामा नेपालमा नयाँ ४२५ जना कोरोना भाईरस सँक्रमित थपिएका हुन् ।

यो सँगै नेपालमा कोरोना सँक्रमितको सँख्या ५ हजार ७६० पुगेको छ । जसमा ५ हजार ३२४ जना पुरुष र ४३६ जना महिला रहेका छन् ।

यस्तै आजसम्म कोरोना सँक्रमणबाट सन्चो भएर ९७४ जना डिस्चार्ज भएको पनि डा. गौतमले बताए । उनका अनुसार डिस्चार्ज हुनेमा ८७७ पुरुष र महिला ९७ जना रहेका छन् ।

यसै गरी कोरोना सँक्रमणबाट मृतकको सँख्या १९ पुगेको छ । रेसुँगा नगरपालिका गुल्मीको आईसोलेसनमा मुत्यु शनिबार राती ३६ वर्षीय पुरुषको निधन भएको हो । उनी कोरोना सँक्रमित थिए । यो सँगै कोरोनबाट मृतकको सँख्या १९ पुगेको हो ।