ब्युटी न्युज नेपाल
काठमाडौं, २० जेठ
मुलुकमा सिमा अतिक्रमण भईरहेको बेला अग्रज गायक आनन्द कार्कीले खबरदारी गीत ल्याएका छन् । यो गीतको भिडियो मार्फत नेपाली सेना र प्रहरीले सिमाको सुरक्षा गरेको दृष्य गायक कार्कीले दृष्यगत रुपमा प्रस्तुत गरेका छन् ।
गायक कार्कीले खबरदार…गीतको भिडियो मँगलबार आफ्नै युट्युब च्यानलबाट रिलिज गरेका हुन् । यो गीतको शब्द रचना कृष्णहरी बरालको रहेको छ । यो गीतलाई कमल आनन्दले संगीत गरेका छन् । गीतलाई लकडाउनकै बेला तयार गरिएको हो ।
यो समसामयिक गीतको भिडियो पनि समसामयिक बनेको छ । यो गीतको भिडियो निर्देशन बीरेन्द्र तितुङ र राजकुमारले गरेका हुन् ।
जसमा लोकेश भाटको सम्पादन रहेको छ । गीतको भिडियो छायाँकार पनि बीरेन्द्र तितुङ नै हुन् । लकडाउनकै बेला यो गीतको भिडियो रिलिज गरिएको छ । भिडियोले राम्रो प्रतिक्रिया अहिले पाईरहेको छ ।