नेपाली युवा दिवेश अमेरिकन आईडलको टप ७ मा


ब्युटी न्युज नेपाल
काठमाडौं २९ वैशाख,

हाज जारी अमेरिकाको बहुचर्चित रियालिटी गायन कार्यक्रम अमेरिकन आइडलमा नेपाली युवा दिवेश पोखरेल उत्कृष्ट ७ मा पुगेका छन् । अघिल्लो पटक उनी अब उत्कृष्ट ५ मा परे भने फाईनल प्रतिस्पर्धामा उत्रने छन् । त्यसको लागि आफुलाई प्रसस्त अनलाईन भोट गर्न उनले अपिल गरेका छन् ।

अथर गनका नामले परिचित दिवेशले उत्कृष्ट ७ को लागि भएको प्रतिस्पर्धामा आज सामुयल इ राइटको ‘किस द गर्ल…’ गीत प्रस्तुत गरे । उनको जादुमय स्वरयुक्त प्रस्तुतिले निर्णायकलाई मोहित पार्यो । उनको गायनको निर्णायकहरुको खुलेर प्रसँसा गरे ।

यसपटक भोटिङका आधारमा आफु उत्कृष्ट ७ मा पुगेको दिवेशले बताएका छन् । आफुलाई फाईनलमा पुर्याउन अझै भोट गर्न उनको अनुरोध छ । काठमाडौंको रवीभवनमा जन्मेका दिवेश आफ्ना परिवारसहित सन् २०१४ देखि अमेरिकामा बस्दै आएका छन् ।

अमेरिकामा ‘मदर्स डे’ मनाइँदै गर्दा टप फाइभका लागि प्रस्तुतिपछि अर्को चरणमा सातै जनाले आफ्नो आमालाई सामुन्ने राखेर गीत गाएका थिए । आजको प्रस्तुतिपछि भएको भोटिङका आधारमा टप ७ बाट पाँच जनालाई फाइनलमा लगिनेछ । फाइनल अर्को साता १७ मेमा हुनेछ ।

आजको प्रस्तुतिमा नेपाली युवा दिवेशले बोन इभरको ‘हे मा’ बोलको गीत आमालाई सुनाएका थिए । गीतपछि आमाले दिवेशलाई अंकमाल गर्दै खुसी प्रकट गरिन् ।