बिदेशमा कोराना सँक्रमित नेपालीको सँख्या २ हजार नाघ्यो


ब्युटी न्युज नेपाल/सरिता भारती
काठमाडौं, १७ बैशाख

बिदेशमा रहेका नेपालीहरुमा कोरोना सँक्रमण उच्च रुपमा बढी रहेको छ । गैरआवासीय नेपाली संघ (एनआरएन), स्वास्थ्य समिति र बिदेश स्थित विभिन्न नेपाली दुताबासले सँकलन गरेको पछिल्लो रिपोर्ट अनुसार बिदेशमा रहेका कोरोना सँक्रमित नेपालीको सँख्य २ हजार नाघि सकेको छ । सँयुक्त राज्य अमेरिका र बेलायतपछि बहराईनमा रहेका नेपालीहरुमा कोरोना सँक्रमण उच्च देखिएको छ ।

अमेरिकामा कोरोना सँक्रमित नेपालीको सँख्या एक हजार नाघेको पनि एनआरएनले जनाएको छ । सोमबारसम्म एक हजार सँक्रमितको तथ्यांक आईसके पनि कतिपयले जानकारी नगराएको हुँदा अमेरिकामा सँक्रमित नेपालीहरुको सँख्या करिब ११ सयको हाराहारीमा रहेको एनआरएनले जनाएको छ ।

यता सोमबारसम्मको विवरण अनुसार बेलायतमा ७ सय नेपालीहरु कोरोनाबाट सँक्रमित भएको त्यहाँ स्थित नेपाली राजदुताबासले जनाएको छ । जस मध्य केही उपचार पछि ठिक भएर घर फर्किसकेका छन् ।

एनआरएन स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार नेपालबाहेक विश्वभर २ हजार भन्दा बढी गैरआवासीय नेपाली कोरोनाबाट संक्रमित भएका छन् । विश्वभर छरिएका गैरआवासीय नेपाली विज्ञ चिकित्सकको समूहले तयार पारेको आँकडानुसार २४ देशमा रहेका नेपाली कोरोना भाइरसबाट संक्रमित रहेको कोडिभ १९ उच्चस्तरीय समिति एनआरएनका प्रेस संयोजक चिरन शर्माले जानकारी दिए । यस्तै विदेशमा कोरोना संक्रमण भएका गैरआवासीय नेपालीमध्ये ४५० को हाराहारीमा उपचारपछि कोरोनामुक्त भएर घर फर्किसकेका छन् । यता भारतमा कती नेपालीलाई कोरोना सँक्रमण भएको छ भन्ने तथ्य बाहिर आएको छैन ।

पछिल्लो तथ्याँक अनुसार बिदेशमा कोरोना भाईरसबाट सँक्रमित हुने नेपालीहरु अमेरिका र बेलायत पछि तेश्रो स्थानमा बहराईनमा रहेका छन् । बहराइनमा थप ७७ जना नेपालीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै बहराइनमा कोरोना संक्रमित नेपालीहरुको संख्या १२६ पुगेको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ । दूतावासका अनुसार यो तथ्यांक मँगलबार दिउँसोसम्मको हो । कुनै समस्या परेमा सम्पर्क गर्न भन्दै दूतावासले कर्मचारीहरुको नाम र फोन नम्बर पनि सार्वजनिक गरेको छ ।

यता संयुक्त अरब इमिरेट्स अर्थात युएईमा पनि कोरोना सँक्रमित नेपालीहरुको सँख्या उच्च छ । त्यहाँको दुतावास अनुसार युएईमा मँगलबारसम्म ८५ जना नेपालीमा कोरोना सँक्रमण देखिएको छ ।

यस्तै एनआरएनएको पछिल्लो विवरण अनुसार कुवेत ४२ जना नेपालीलाई, पोर्तुगल २७ जना नेपालीलाई, आयरल्याण्ड २२ जना नेपालीलाई, स्पेन १२ जना न्ेपालीलाई र अष्ट्रेलिया ११ जना नेपालीलाई कोरोना सँक्रमण भएको छ ।

यसैगरी कोरोना सँक्रमित नेपालीहरुमा बेल्जियममा ६ जना, स्वीजरल्याण्डमा ५ जना ,साउदी अरबमा ४ जना, जर्मनीमा ४ जना रहेका छन् ।
यता मलेशिया, क्यानडा, न्युजिल्याण्ड र साइप्रस तीन/तीनलाई कोरोना सँक्रमण भएको छ । यस्तै जापान, हङकंङ र माल्टा दुई/दुई तथा फ्रान्समा एक नेपालीलाई कारोना सँक्रमण भएको एनआरएनले जनाएको छ । सँक्रमितको यो तथ्याँक आईतबार र सोमबार सार्वजनिक गरिएको हो । त्यसपछि अरु पनि बढेको हुन सक्ने एनआरएनको कथन छ ।