२०७६ मा चलेका ६ फिल्म


ब्युटी न्युज नेपाल
काठमाडौ, १ बैशाख
२०७६ साल हामीबाट बिदा भईसकेको छ । त्यसैले यहाँहरुलाई सुरुमा २०७७ सालका हार्दिक शुभकामना । २०७६ नेपाली चलचित्र उधोगका लागि ब्यबसायिक रुपमा त्यति फलदायी हुन सकेन । २०७६ सलामा जम्मा ५६ वटामात्र नेपाली चलचित्र मात्र प्रदर्शनमा आए । ती मध्य पनि ६ ओटाले मात्र नाफा कमाए । बाँकी घाटामा गए । गत वर्ष १३ बैशाखमा रिलिज भएको कालो वर्षसँगै वर्षको सिने ब्यापार सुरु भयो । पुष महिनामा कुनै पनि फिल्म आएनन् । गत फागुन १६ मा रिलिज भएको चलचित्र धुलोपछि डेढ महिना एउटा पनि सिनेमा कोरोना सँक्रमणका कारण आउन सकेनन् । २०७६ सालमा प्रदर्शनमा आएका ५६ ओटा चलचित्र मध्य ब्यसायिक रुपमा हिट भएका ६ ओटा चलचित्रको यहाँ चर्चा गरिएको छ ।

१. ६ मायाँ छपक्कै
सञ्चारकर्मी दीपेन्द्र लामा निर्देशक हास्यप्रधान राजनीतिक व्यँग्य सिनेमा ६ मायाँ छपक्कै २०७६ असोज २४ मा रिलिज मध्य सर्वाधिक कमाउने सिनेमा सावित भयो । यो चलचित्रले हलबाट १३ करोड ग्रस ब्यापार गर्यो । यसका निर्देशक दीपेन्द्र लामाले लिएको जानकारी अनुसार ६ मायाँ छपक्कैले बिदेश राईट्सबाट १ करोड १० लाख रुपैयाँ र डिस होमबाट एक हप्तामा ४० लाख रुपैयाँ प्राप्त गरेको छ । यो सबै जोड्दा यसको ग्रास व्यापार १७ करोड हुने उनको भनाई छ । यो फिल्मस्को डिजिटल राईट्स बेचिएको छैन । यो चलचित्रमा दीपकाराज गिरी, केकी अधिकारी, जितु नेपाल, केदार घिमिरे, सुपुष्पा भट्टसहितको मुख्य भूमिका थियो ।

२. कबड्डी कबड्डी कबड्डी


सफल चलचित्र कबड्डीको तेश्रो सिरित चलचित्र कबड्डी कबड्डी कबड्डीले देशभरीका फिल्मले १५ करोडको ग्रस व्यापार गरेको निर्माता मणिराम पोखरेलको भनाई छ । यसमा दयाहाङ राई, उपासना सिंह ठकुरी, कर्मा, विल्सन बिक्रम राई, पुष्कर गुरुङ, माओत्से गुरुङ लगायतको प्रमुख भूमिका थियो । यो चलचित्र प्रेम कथामा आधारित थियो । यो चलचित्र गत वर्ष ३ असोजमा रिलिज भएको थियो ।

३. जात्रै जात्रा


चलचित्र जात्राको दोश्रो सृँखला चलचित्र जात्रै जात्रा २०७६ सालमा ब्यबसायिक हिबाले तेश्रो स्थानमा रह्यो । यसका निर्देशक प्रदीप भट्टराईका अनुसार चलचित्रले सिनेमा हलबाट ९ करोड रुपैयाँको ग्रस ब्यापार गरेको थियो । यो चलचित्र ३ जेठमा रिलिज भएको थियो । सफल प्रदर्शनीको ५१ दिन समेत मनाउन सफल आफ्नो फिल्मलाई ब्यबसायिक रुपमा सफलताको सँज्ञा निर्देशक प्रदीप भट्टराईले दिए । उनका अनुसार यो चलचित्रले बिदेश, डिजिटल र पे टेलिभिजनमा गरेर डेढ करोड भन्दा माथि कमाई सकेको छ । चलचित्र जात्रै जात्रामा विपिन कार्की, दयाहाङ राई, वर्षा राउत, रविन्द्रसिंह बानियाँ, रविन्द्र झालगायतको मुख्य भूमिका थियो । यो चलचित्र हास्य प्रधान थियो ।

४. दाल भात तरकारी

हास्यप्रधान चलचित्र भात तरकारीले नेपाल र बिदेश तथा अन्य राईट्स गरेर ९ करोडको ग्रस व्यापार गरेको केसीले बताए । १ करोड ९० लाखमा निर्माण भएको आफ्नो चलचित्रले सबै खर्च कटाएर ८२ लाख रुपैयाँ नाफा गरेको पनि निर्माता किरण केसीको कथन छ । ब्यबसायीक हिसाबले चौथो स्थानमा रहेको यसका निर्माता किरण केसीको कथन छ । बैशाख २० मा रिलिज भएको हास्यप्रधान यो चलचित्रमा हरिबँश आचार्य, निरुता सिंह, पुष्प खड्का, किरण केसी, शिहरी पौडेल, आँचल शर्मा, राजाराम पौडेललगायतको मुख्य भूमिका थियो । यसलाई सुदन केसीले निर्देशन गरेका थिए ।

५. आमा

गत ९ फागुनमा रिलिज भएको चलचित्र आमा व्यसायिक हिसाबले पाँचौ स्थानमा रहेको छ । निर्देशक दीपेन्द्र के खनालका अनुसार उनको यो चलचित्र जम्मा ८० लाखमा तयार भएको थियो । फिल्मले हलबाट ३ करोड रुपैयाँको ग्रस व्यापार गरेको पनि निर्देशक खनालले बताए । यस्तै बिदेशबाट ५८ लाख, डिस होम रिलिजबाट ५० लाख रुपैयाँ र डिजिटल राईट्सबाट ३५ लाख रुपैयाँ पनि प्राप्त भईसकेको र १ करोड भन्दा माथि आफुहलाई नाफा हुने उनले बताए । यो सिनेमा हलमा पाँचौं हप्ता पनि राम्रो चलेको थियो । त्यसपछि कोरोनाको कारण सरकारले हल बन्द गरेपछि यो फिल्म रोकियो । आमामा सुरक्षा पन्त, मिथिला शर्मा, सरिता गिरी, देशभक्त खनालसहितका कलाकारको मुख्य भूमिका थियो ।

६. घर

चलचित्र घरले पनि करिब ३० लाख रुपैयाँ नाफा कमाएको निर्माता दीपेन्द्र के खनालको भनाई छ । ४२ लाख लगानीमा हलमा रिलिज यो फिल्मले सिनेमा हलबाट १ करोड ५२ लाखको ग्रस व्यापार गरेको हलबाट लगानी उठेको खनालले बताए । डिजिट राईटस् र अन्य राइट्सको पैसा नाफा भएको उनको भनाई छ । अर्पण थापाले निर्देशन गरेको यो फिल्ममा अर्पण थापा, सुरक्षा पन्त, बेनिशा हमाललगायतको मुख्य भूमिका थियो ।