नेपालमा थप तीन बिदेशी नागरिकको कोरोना पोजेटिभ


ब्युटी न्युज नेपाल
काठमाडौं, ३० चैत

नेपालमा फेरी अरु ३ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको छ । नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जमा उपचार गराइरहेका उनीहरु तिनैजना भारतीय नागरिक हुन् । शुक्रबार दिउँसो २ बजे हेटौंडा–१० स्थित किटजन्य रोग अनुसन्धान तालिम केन्द्रमा ३५ जनाको कोरोना परीक्षण रिपोर्ट जारी गर्दा वीरगन्जको एक मस्जिदमा बसिरहेका तीन भारतीय मुस्लिम धर्म प्रचारकहरुमा कोरोनाको आशंका गरिएको थियो। लगत्तै उनीहरुलाई वीरगञ्जको छपकैयाँस्थित मस्जिदबाट नारायणी क्षेत्रीय अस्पतालको आइसोलेसनमा सारिएको थियो।

हेटौंडामा शुक्रबार गरिएको प्रारम्भिक परीक्षणमा कोभिड १९ (कोरोना पोजेटिभ) देखिएको हो । सो नमुनालाई पुनः परीक्षणका लागि काठमाडौं पठाइएको थियो । तीन भारतीय नागरिकको स्वाब नमुनामा कोरोना भेटिएको पुष्टि भएको छ । टेकुस्थित प्रयोगशाला स्रोतले पनि संक्रमण देखिएको पुष्टि गरेको छ । अब स्वास्थ्य मन्त्रालयबाट यसको आधिकारिक घोषणा हुने बताईएको छ ।

संघीय स्वास्थ्य मन्त्रालय र वाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालय स्रोतले पुनः परीक्षणमा पनि पोजेटिभ देखिएको पुष्टि गरेको हो ।
सँक्रमित यी तीन जना बीरगञ्जको श्रीराम हल अगाडिको मस्जिदमा बस्दै आएका थिए । शनिबार साँझ उनीहरुसँगै बसको अन्य २१ धर्मप्रचारकहरुलाई पनि क्वारेन्टाइनमा पठाइएको छ । उनीहरुलाई स्थानीय सिद्धार्थ मावीको क्वारेन्टाइनमा सारिएको हो ।

यो समेत नेपालमा कोरोना सँक्रमित १२ जना पुगेको छ । जस मध्य तीन जना यी बिदेशी नागरिक हुन् । नेपालीले भारतीयलाई कोरोना सार्न लागेको भन्ने आरोप युक्त समाचार भारतीय मिडियामा आएको बेला तीन भारतीयलाई नेपालमा कोरोना सँक्रमण भेटिएको हो ।