के घर के डेराको छायाँकन स्थगित


ब्युटी न्युज नेपाल
काठमाडौं, ९ चैत

यही १५ चैतबाट छायाँकन सुरु हुने भनिएको चलचित्र चलचित्र ‘के घर के डेरा’को छायांकन हाललाई स्थागित गरिएको यसका निर्देशक सुब्रतराज आचार्यले बताएका छन् । मुलुकमा कोरोना भाईरस सँक्रमण उच्च जोखिममा रहेकाले सरकारले २५ जना भन्दा बढी भेला नहुुनु भनेको अबस्थामा चलचित्र छायाँकन रोक्नुको बिकल्प नभएको आचार्यले बताएका छन् ।

‘आफु पनि बचौँ र अरुलाई पनि बचाऔँ भन्दै हामीले चलचित्र छायांकन सारेका हौँ । सम्पूर्ण दर्शक तथा आम नेपालीलाई सुरक्षित रहन अपिल गर्दछौँ ।’ निर्देशक आचार्यले सञ्चारकर्मीसँग भनेका छन्,‘अहिलेको यो समस्या कम भएर जनजीवन सामान्य भएपछि हामी चलचित्रको छायाँकन सुरु गर्नेछौं ।’

चलचित्र के घर के डेरामा दयाहाङ राई, विपिन कार्की, वर्षा राउत, लुनिभा तुलाधर, रविन्द्र झा, आर्सिना भट्टराईलगायतका कलाकारहरुले अभिनय गर्दैछन् । यो चलचित्रलाई ताक्पा तामाङ (सिंगे लामा) ले निर्माण गर्न लागेका हुन् । यो फिल्ममा राजिव श्रेष्ठ र किरण महर्जन पनि निर्माताको रुपमा छन् । यम प्रसाद ओली सहनिर्माता हुन् ।