जगदिशको गजलमा दिपर्शन र अन्जुको प्रेमभाव


ब्युटी न्युज नेपाल
काठमाडौं, ८ चैत

पछिल्लो समय अमेरिकामा बस्दै आएका गायक जगदीश समालले उतैबाट गायन यात्रालाई निरन्तर अघि बढाएका छन् । यसै क्रममा जगदीशले आफ्नो स्वरमा नयाँ गजल जवानी…श्रोतामाझ ल्याएका छन् ।

यो गजललाई गीतकार तथा गजलकार सहाज गुरुङले सृजना गरेका हुन् । उनको सृजनामा तयार भएको यो गजल जगदिशको स्वरमा रकर्ड भएको हो । यो नयाँ गजलतको भिडियो पनि रिलिज गरिएको छ ।

यो गजलमा अम्बर तुम्बापो सुब्बाको संगीत रहेको छ । गीतमा साहस शाक्यले संगीत संयोजन गरेका छन् । गजल आकर्षक बनेको छ ।

यो गजलको भिडियोको निर्देशन सञ्चारकर्मी राजिव कुमार श्रेष्ठले गरेका हुन् । भिडियोलाई शम्भु चालिसे र राजेश राउतले छायाँकन गरेका हुन् । माधब बेलबासेले यसमा सम्पादन गरेका छन् ।

यो भिडियोमा दिपर्सन जंग राणा र अन्जु चौलागाईंको अभिनय रहेको छ । यी दुई कलाकारको अभिनय प्रसँसनीय छ । भिडियोलाई जगदीश समालको आफ्नै अफिसियल यु ट्युब च्यानल मार्फत सार्बजनिक गरिएको हो ।