मिस नेपाल पिसका लागि १८ युवती छनौट


 ब्युटी न्युज नेपाल
काठमाडौं १३ फागुन

मिस नेपाल पिस २०२० को काठमाडौंमा सम्पन्न अडिसनबाट १८ युवती छानिएका छन् । प्रतियोगिताको अन्तिम अडिसन २४ फागुनसम्म चल्नेछ । जसबाट आयोजकले २५ प्रतियोगी छानिनेछन् ।

नर्सिङ पेशाको सम्मान गर्दै, नर्सहरुमा लुकेर रहेका आन्तरिक प्रतिभा प्रस्फुटन गर्ने, उनीहरुको कार्यदक्षता बृद्धि र आत्मनिर्भर गराउने उदेश्यले आयोजित सामाजिक सौदर्य प्रतियोगिता मिस नेपाल पिसको यो ७ औं संस्करण हो ।

मिस नेपाल पिसको फाइनल प्रतिस्पर्धा आगामी चैत्रको अन्तिम साता आयोजना हुनेछ । बिभिन्न अडिसनबाट छानिएका प्रतियोगीहरु शिर्ष उपाधिका लागि यसमा भिड्ने छन् ।

पहिलो चरणको अडिसनबाट छनौट भएका प्रतियोगीहरुलाई कोरियोग्राफर रोजिन शाक्यको नेतृत्वमा बिभिन्न प्रशिक्षकद्धारा प्रशिक्षण दिईने छ ।

प्रतियोगीले फाइनल स्पर्धामा शिर्ष उपाधिका लागि भिड्ने छन् । विजेताले चीनमा आयोजना हुने मिस वल्ड पिसमा नेपालको प्रतिनिधित्व गर्दै सहभागी हुनेछन् ।