दर्शकलाई मन पर्यो चलचित्र लभ डायरिज 


ब्युटी न्युज नेपाल

काठमाडौं, ४ फागुन 

शुक्रबारबाट देशभरका सिनेमा हलमा प्रदर्शनमा आएको नेपाली ‘लभ डायरिज’ लाई दर्शकले रुचाएका छन् । फिल्मले शनिबार निकै राम्रो व्यापार गरेको र आईतबारको अक्युपेन्सी पनि हलमा राम्रो भएको निर्माण पक्षले जनाएको छ । फिल्मलाई दर्शकले राम्रो प्रतिक्रिया दिएको पनि निर्माण पक्षको भनाई छ । यो चलचित्र काठमाडौं र मोफसलका ८० भन्दा बढी सिनेमा हलमा प्रदर्शन भईरहेको छ ।

चलचित्र लभ डायरिजमा सिनेमामा यो चलचित्रमा शुशिल श्रेष्ठ, रुविना थापा, विश्वजीत रिमाल, विशाल पहारी, विष्णु सापकोटा, अर्जुनजंग शाही लगायतका कलाकारको अभिनय रहेको छ ।

यो चलचित्रलाई सौरभ चौधरीको निर्देशन गरेका हुन् । साहिल खान यो चलचित्रका एसोसिएट निर्देशक हुन् । प्रणय दिवस प्रेमीहरुको महत्वपूर्ण पर्व रहेकाले आफुले भ्यालेन्टाईन डेमै चलचित्र रिलिज गरेको पनि निर्देशक चौधरीले प्रकाश पारे ।

प्रेम कथामा निर्माण भएको यो चलचित्रको कथा मधु बास्तोलाले लेखेका हुन् । जसमा पटकथा तथा संवाद निर्देशक सौरभ चौधरी मधु बास्तोलाले मिलेर तयार पारेका हुन् ।

लभ डायरिजलाई विनोद सापकोटाले निर्माण गरेका हुन् । सिनेमामा सह(निर्माताको रुपमा सरोज तुलाधर रहेका छन् । जसमा अर्जुन पोखरेलको सँगीत, विक्रम लामा र एञ्जिला खत्रीले कोरियोग्राफी रहेको छ ।