राजेश पायलले ल्याए नयाँ गीतको भिडियो


ब्युटी न्युज नेपाल
काठमाडौ, १८ माघ

म्युजिक भिडियोमा प्र्राय अभिनय गर्न न रुचाउने अभिनेता दयाहाङ राई यतीबेला गायक राजेश पायल राईको एउटा नयाँ गीतको भिडियोमा प्रस्तुत भएका छन् ।

गायक राजेश पायल राईले आफ्नो नयाँ गीत हुरुक्कै भएँनी…को भिडियो शनिबार काठमाडौंमा एक समारोहबीच सार्वजनिक गरेका छन् ।

भिडियोमा दयाहाङ राई र एलिशा राईको अभिनय छ । दयाहाङलाई बोल्न नसक्ने चित्रकारको रुपमा र एलिसा राईलाई शिक्षकको भूमिकामा प्रस्तुत गरिएको छ । किरण चाम्लिङ राईको निर्देशन, भुपेन्द्र तुम्बाहाम्फेको छायाँकन रहेको यो भिडियोलाई राजेश पायलले आफ्नै युट्युव च्यानल दर्शन नमस्ते इन्टरट्रेनमेन्टबाट रिलिज गरेका छन् ।

यो गीतलाई राजन मुकारुङले लेखेका हुन् । जसमा दिनेश काजी वान्तवा राईको संगीत छ । यो गीतमा सबै राई कलाकारमात्र सहभागी छन् । हुने एउटा सँयोग भएको राजेशपायलले बताए ।

आफु आईतबार कार्यक्रम प्रस्तुतिका लागि बिदेश जाने तयारीमा रहेकालेआफुले शनिबार यो गीतको भिडियो रिलिज गरेको पनि राजेश पायलले सञ्चारकर्मीलाई बताए । गीतको भिडियोमा दयाहाङ नै उपयुक्त हुने भएपछि दयाहाङलाई राखिएको गायक राईले बताए ।