सिडियोको न्यायिक आदेशमा आस्था राउत रिहा


ब्युटी न्युज नेपाल
काठमाडौं, १४ माघ

गायिका आस्था राउत मँगलबार दिउँसो रिहा भएकी छिन् । उनलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले चार हजार रुपैयाँ धरौटीमा मँगलबार दिउँसो रिहा गरेको हो ।

सोमबार बिहानबाट प्रहरी हिरासतमा राखिएकी गायिका आस्था राउतलाई मँगबार दिउँसो जिल्ला प्रशासन कार्यालय काठमाडौंले ४ हजार रुपैयाँ ढरौटीमा रिहा गरेको हो । उनलाई अहिले ४ हजार रुपैयाँ लिएर साधारण तारिकामा छाडेको जिल्ला प्रशासन कार्यालयले छाडेको छ ।

गायिका आस्थालाई प्रहरीले छाडेको हैन । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले आफ्नो न्यायिक स्वविवेक प्रयोग गरेर उनलाई छाडेका हुन् । न्यायिक हिसाबले हेर्दा गायिका आस्था अलिक बढी अन्यायमा परेको देखेपछि यि गायिका प्रति सहजता अपनाउँदै प्रमुख जिल्ला अधिकारी दाहालले उनलाई धरौटीमा छाडेका हुन् । अब गायिका राउत एक सातापछि सिडियो कार्यलयमा हाजिर हुनेछिन् । उनको मुद्दा सिडियो कार्यालयबाटै मिल्ने सम्भावना बढेको छ ।

यता गायिका अस्थाले आफुलाई परेको पीडामा साथ दिएका सबैलाई धन्यबाद ज्ञापन गरेकी छिन् । उनलाई अहिले साधारण तारिखमा सिडियनेले छाडे पनि उनको यो प्रकरण सकिएको छैन । उनलाई प्रहरीले अझै अदालतमा पुर्याएर दुःख दिने आशँका गरिएको छ । तर अदालत जानु अघि यो मुद्दा सिडियो कार्यालयमा पनि टुँगिने देखिएको छ ।

आस्थालाई पक्राउ गरेर चार दिनको म्याद थप गराएर हिरासतमा राख्ने क्रममा प्रहरीलाई आम जनताको व्यापक टिप्पणी र आक्रोस सामाजिक सञ्जाल मार्फत आयो । त्यसपछि उनीप्रति प्रहरी केही लचिलो भएको हो । म्याद थपेको भन्दै सिडियो र यो सरकारको पनि आलोचना भएको थियो । त्यसपछि सिडियोले आफ्नो न्यायिक अधिकार प्रयोग गरेर आस्थालाई धरौटीमा रिहाईको लागि प्रहरीलाई आदेश दिएका हुन् ।

अन्यथा अस्थालाई कम्तीमा चार दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्ने योजना प्रहरीको थियो । सोही योजना अनुसार प्रहरीले सोमबार नै सिडियो कार्यलयबाट चार दिनको म्याद थपेर हिरासतमा लिएको थियो । अब आस्थाले यो मुद्दामा आफु अघि नबढ्ने र मिलेर जाने बताएकी छिन् । बोल्दा ध्यान पुर्याउने पनि उनले बताएकी छिन् ।