सुगमको लाखौमा एकमा युरेस र बिन्दु


ब्युटी न्युज नेपाल
काठमाडौं, १४ माघ

गायक सुगम पोखरेलको एकल स्वरमा लामो समय पछि नयाँ गीत आएको छ । पोखरेलले गाएको नयाँ गीत ‘लाखौमा एक तिमि…’ को म्युजिक भिडियो सार्वजनिक भएको हो । यो यो गीतमा मोडल तथा गीतकार मनोज सिग्देल (युरेश) को शब्द संगीत रहेको छ । गीतलाई गोपाल रशाईलिले एरेन्ज गरेका हुन ।

यस गीतको भिडियोमा गीतकार सिग्देल र मोडल बिन्दु दवाडीले अभिनय गरेका छन् । भिडियोमा यी दुईको रोमान्स देखाईएको छ ।

गायक सुगम पोखरेलको आवाज रहेको यस गीत गायक पोखरेलको पनि सोलो गीत धेरै पछी आएको हो,‘यस गीतबाट मैले निकै राम्रो आशा गरेको छु । मेरा सोलो गीतहरु प्राए सबै जसो हिट छन्, यस बाट पनि म ढुक्क छु ।’ गायक पोखरेलले भने ।

म्युजिक भिडियोको निर्देशक शान थापाले गरेका हुन् । भिडियोलाई अर्जुन तिवारीले खिचेका हुन भने सम्पादन इन्टेन्सिभ एल्डले गरेको हो । राजिब समरको कोरियोग्राफी रहेको यस गीतमा बिन्दु दवाडीले पहिलो पटक मोडलिङ गरेकी हुन् ।